काठमाडौँ । दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई हतियारसहित पक्राउ परेका छन् ।
Advertisement
२०८० चैत ५ गते सोमबार प्रहरीले सर्वोच्च अदालत परिसरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सर्वोच्च अदालतमा सोमबार दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ चलिरहेको थियो । त्यस क्रममा उनीसँगै सर्वोच्च प्रवेश गरेका बडिगार्डको खानतलासीका क्रममा हतियार फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रहरीले दीपक खड्का र राजकुमार धिमाललाई नियन्त्रणमा लिएको हो ।
अहिले उनीहरूलाई सिंहदरबार वृतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।