• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

काठमाडौंमा रोकिएकालाई गाउँ जान र भारतमा रोकिएकालाई नेपाल आउन देउः केसी


  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
  • काठमाडौं । रष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौंमा रोकिएर घर जान नपाएकालाई घर जान दिन र गाउँमा रोकिएकालाई काठमाडौं आउन दिन माग गर्नुभएको छ । यस्तै, भारतमा रोकिएकालाई पनि घर आउन दिन केसीले आग्रह गर्नुभएको छ ।

    Advertisement

    शुक्रबार एक वक्तव्य प्रकासित गरी अध्यक्ष केसीले लकडाउनका कारणले काठमाडौंमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौंमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

    केसीले भन्नुभएको छ, ‘सरकारले काठमाडौँबाट बाहिर जान चाहने व्यक्तिहरूका लागि दुई दिन यातायात खुला गर्ने समाचार आयो । तर तुरुन्तै त्यो निर्णय कार्यान्वयन नगर्ने भन्ने समाचार पनि आयो । त्यो समाचारले पैदा गरेको असहज स्थितिप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।

    सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो । तर त्यो एकांकी र अपूर्ण थियो । लकडाउनका कारणले काठमाडौंमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौंमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्नुपर्ने आवश्यकता छ । कम से कम तीन दिन पहिले त्यसप्रकारको सूचना दिएर त्यसरी रोकिएर बसेकाहरूलाई आफ्नो आफ्नो ठाउँमा पुग्न अवसर प्रदान गर्नको लागि हामीले सरकारसित अनुरोध गर्दछौँ ।

    जस्तो कि सञ्चार माध्यमहरूबाट समाचारहरू आइरहेका छन्, काठमाडौंमा रोकिएर बसेका कैयौं मानिसहरू बेखर्ची भएर कैयौं दिन पैदल हिडेर आफ्नो गाउँमा जाँदैछन् । कतिपय व्यवहारिक कारणले जिल्लाहरूमा गएका मानिसहरू काठमाडौंका आफ्ना घर परिवारमा आउन नपाएर ठाउँठाउँमा रोकिएर बस्नुपरेको छ ।

    भारतको सीमामा करिब दुईहजार नेपालीहरू अलपत्र परेर दुःख पाएर बस्नु परेको छ । त्यसप्रकारको स्थितिबाट राष्ट्रिय स्तरमा नै अप्ठ्यारो वा असहज स्थिति उत्पन्न भएको छ र त्यो स्थितिलाई फुकाएर सहज गराउनको लागि हाम्रो पार्टीले सरकारसित माग गर्दछ । त्यसका लागि हामीले निम्नलिखित तीनवटा मागहरू प्रस्तुत गर्दछौं ।

    १. काठमाडौंमा रोकिएर बसेकाहरूलाई आफ्ना गाउँहरूमा जानको लागि अवसर दिने ।

    २. विभिन्न व्यवहारिक कारणले जिल्लाहरूमा गएर रोकिएर बसेकाहरूलाई राजधानीमा आउनको लागि अवसर दिने ।

    ३. भारतमा विभिन्न सीमाहरूमा रोकिएर बसेका नेपालीहरूलाई नेपालमा आफ्नो घरहरूमा आउन अवसर दिने ।’

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.