• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सांसद विश्वकर्माको व्यङ्ग्य : यसपालिको बजेटमा पनि डाडुपन्युँ समातेका मात्रै नअघाउन्


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले आगामी बजेटको सन्दर्भमा व्यङ्ग्य गर्नुभएको छ– यसपालिको बजेटमा पनि डाडुपन्युँ हातमा भएका मात्रै अघाउने अवस्था नआओस् ।

    Advertisement

    २०८० चैत २ गते शुक्रबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो व्यङ्ग्य गर्नुभएको हो ।

    ‘हुन त हामीले पोहोर साल पनि बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गर्‍यौँ’ उहाँले भन्नुभयो– ‘तर विगतमा डाडुपन्युँ हातमा रहेकाहरूले मात्रै अघाउन्जेल खाए, अरूले टुलुटुलु हेरेर बस्नुपर्‍यो । अहिले पनि त्यस्तो अवस्था नआओस् ।’

    सांसद विश्वकर्माले पोहोर साल र अहिले दलितलक्षित बजेट नआएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘पहिले पहिले दलितलक्षित बजेट आउने गर्दथ्यो । अहिले आउन छोडेको छ । फेरि त्यस्तो बजेट ल्याउनुपर्दछ ।’

    मन्तव्यको प्रारम्भमा सांसद विश्वकर्माले समाजवादउन्मुख संविधान भएको देशमा निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन बनाउने गरी नीति आएकोमा आफू आश्चर्यमा परेको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले कृषि र उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘जबसम्म हामीले कृषि र उद्योगलाई आत्मनिर्भर बनाउँदैनौँ’ उहाँले भन्नुभयो– ‘तबसम्म युवाको विदेश पलायन रोकिने छैन । देशमा आर्थिक विकास पनि हुने छैन ।’

    उहाँले कृषिलाई पहिलो प्राथमिकतामा, विद्युत्लाई दोस्रो प्राथमिकतामा र पर्यटनलाई तेस्रो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    त्यस्तै, उहाँले शिक्षा र स्वास्थ्यमा बजेट अपुग भएकाले त्यसमा वृद्धि गर्नुपर्ने पनि बताउनुभयो ।

    लुम्बिनी प्रदेशका समस्या

    राष्ट्रियसभाकै नयाँ कार्यक्रम “प्रादेशिक सरोकार” मा पनि सांसद विश्वकर्माले मन्तव्य राख्नुभएको थियो ।

    त्यस क्रममा उहाँले सबै प्रदेशमा सङ्घीय कानुन यथाशीघ्र बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    त्यसैगरी उहाँले भैरहवास्थित गौतम बुद्ध विमानस्थल क्षमताअनुसार सञ्चालन नभएको र नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा ढिलाइ भएको विषयका साथै बुद्ध सर्किट निर्माण कहिले हुन्छ भन्ने सरकारसित जवाफ माग्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले लुम्बिनीदेखि मुक्तिनाथसम्म जाने भारतीय यात्रीका लागि व्यवस्था भएको सात दिनको पासको म्याद बढाइनुपर्ने तथा रकमको कोटा पनि हटाइनुपर्ने माग गर्नुभयो ।

    त्यस्तै, उहाँले कपिलवस्तु, रुपन्देहीसहितका तराईका जिल्लामा अवैध गिटीबालुवा उत्खनन् गर्ने क्रसर उद्योगका कारण नदीदोहन हुँदा बस्ती जोखिममा परेको तथा वातावरण विनाश भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.