• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सहकारीमार्फत कृषिमय बन्दै बागलुङको सर्कुवा


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • गलकोट (बागलुङ) । कुनै समय एउटा प्लास्टिक टनेल नभएको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँमा अहिले ४२ मात्रै आधुनिक प्लास्टिक टनेल छन् । अस्थायी टनेल त्यो सङ्ख्याको दोब्बर छन् ।

    Advertisement

    बसाइँसराइले आक्रान्त बनेको गाउँ अहिले सहकारीमार्फत कृषिमय बन्दै आएको छ । यहाँ आउने हरेक कृषिका कार्यक्रम सर्कुवा गाउँको साना किसान कृषि सहकारी संस्थामार्फत हुँदै आएका छन् । सहकारीमार्फत उपकरण, तालिम र अनुदानको व्यवस्था मात्रै सहकारीले गरेको नभई आलु, बेसार र अदुवा आफैँ उत्पादन गर्दै आएको छ ।

    मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमसमेत सहकारीमार्फत २०७७ सालदेखि तीन वर्ष सहकारीमार्फत चलेको थियो । साना किसान कृषि सहकारी संस्थाले अदुवा, बेसार र आलुखेती गर्दै आएको छभने कृषिका कार्यक्रमलाई किसानसँग सहकारीमार्फत जोड्दै आएको छ ।

    विसं २०७९ मा स्थापना भएको सहकारीले सुरुआती चरणमा बचत तथा ऋण कारोबारमात्रै गर्दै आएकामा पाँच वर्षयता उद्देश्यअनुरुप बेसार, अदुवा र एक वर्षयता आलुखेती गर्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष प्रभाकर पौडेलले जानकारी दिनुभयो ।

    पाँच सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमार्फत यहाँका किसानलाई कृषिमा प्रेरित गर्ने, अनुदानका कार्यक्रम ल्याउने र बजारीकरणमा सघाउने गर्दै आइएको छ ।

    ‘विसं २०७७ अघि सर्कुवामा प्लास्टिक टनेल थिएनन्, मुख्यमन्त्री नमुना कृषि गाउँ घोषणा भएपछि सहकारीमार्फत नै उक्त कार्यक्रम आएको थियो । सर्कुवा गाउँमा ४२ आधुनिक प्लास्टिक टनेल निर्माण गरिएको थियो । ७८ गोठको भकारो सुधार गरिएको थियो‘ अध्यक्ष पौडेलले भन्नुभयो– ‘एउटा प्लास्टिक टनेल नभएको गाउँमा अहिले कृषिको क्रान्ति नै आएको छ । सहकारीमार्फत अहिले ३० किसानले अदुवा र बेसार खेती गर्नुभएको छ । सहकारीमार्फत ३५ रोपनी जग्गामा यस वर्षदेखि आलुखेती गर्न थालिएको छ ।’

    नगरपालिकाबाट अनुदानमा आएको अदुवा र बेसारको बिउ सहकारीमार्फत किसानलाई दिने र उत्पादनपछि ५० प्रतिशत बिउ फिर्ता लिने सहकारीको नीतिअनुसार किसान अदुवा तथा बेसारखेतीमा आकर्षित भएका छन् । किसानले बिउका लागि लगेको अदुवा र बेसार उत्पादनपछि ५० प्रतिशत फिर्ता गरेपछि सहकारीले उक्त बिउ पुनस् बजारीकरण गरेर आम्दानी गर्दै आएको छ ।

    यस वर्ष सहकारीले १३ क्विन्टल बेसार बिक्रीका लागि तयारी अवस्थामा राखेको छ भने दुई क्विन्टल अदुवा नगरपालिकामार्फत बजारीकरण गर्ने भएको छ । मुख्यमन्त्री नमुना कृषि गाउँमार्फत साना किसान सहकारीमार्फत रु ५२ लाख अनुदानबाट गाउँ कृषिमय हुन थालेको उहाँले बताउनुभयो ।

    अहिले खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारीले ३५ रोपनी जग्गामा आलुखेती गर्न थालेको र पहिलो चरणमा दुई मेट्रिकटन आलु उत्पादन गरेर बजारीकरणको तयारीमा जुटेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सहकारीमार्फत कृषि ज्ञान केन्द्रको रु तीन लाख अनुदानमा पहिलोपटक ३५ रोपनी जग्गामा आलुखेती गरिएको छ । आलुखेतीका लागि कृषि ज्ञान केन्द्रले सहकारीलाई आलुको बिउदेखि सिँचाइको व्यवस्था मिलाएको थियो । रु ४५ लाख शेयर पूँजी रहेको सहकारीको आफ्नै कार्यालय भवन र दुई जनालाई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ ।

    बसाइँसराइको समस्या रहेको उक्त स्थानमा सहकारीमार्फत कृषि थालेपछि यहाँका नागरिकलाई राहत मिलेको छ । यहाँका किसानले प्लास्टिक टनेलमार्फत उत्पादन गरेको टमाटर, काउली, साग र सिमी तथा सहकारीमार्फत उत्पादन गरिएको आलु, बेसार र अदुवाको बजारीकरणमा भने समस्या रहेको सर्कुवाका अगुवा किसान खगेन्द्र थापाले बताउनुभयो ।

    सर्कुवाबाट बागलुङ बजार कुश्माबजार टाढा रहेकाले बजारीकरणमा समस्या भएको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणमा मात्रै ठुलो रकम खर्च भइरहेको नगर प्रमुख नरबहादुर पुनले बताउनुभयो । उहाँले बजारीकरणको मात्रै नगरपालिकाले जिम्मा लिन सक्ने हो भने उत्पादनमा किसान थप प्रेरित हुने जनाउँदै कृषि एम्बुलेन्सको अवधारण ल्याइने बताउनुभयो ।

    ‘किसानले उपभोग गरेर समेत बाँकी रहेको कृषि उपजलाई बजारसम्म पुर्‍याउने, व्यावसायिक उत्पादनलाई सोझै बजार पढाउँदा बिचौलियाको अन्त्य हुने छ’ पुनले भन्नुभयो– ‘कृषिउपजको ढुवानीमा ठुलो रकम खर्च भइरहेको हामीले देखेका छौँ । नगरपालिकाले एउटा कृषि एम्बुलेन्स दिन सकेमा किसानले आफैँ व्यवस्थापन गरेर चलाउँदा आधाभन्दा सस्तो मूल्यमा बजार पठाउन सकिन्छ ।’

    सहकारीले उत्पादन गर्दै आएको बेसार र अदुवालाई सुकाएर बिक्री गर्नका लागि ‘ड्राइ मेसिन’ दिने नगरपालिकाको तयारी छ ।

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.