• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युवक संघले स्वयंसेवकीय भूमिका खेल्ने


  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक संघले कोरोना भाइरसको सङ्क्रमणद्वारा आइपरेको विपत्तिमा स्वयम्सेवकीय भूमिका खेल्ने भएको छ । युवक संघले लकडाउनको अवधिमा जनताको तहमा आएका समस्यालाई समाधान गर्न, जनतालाई सचेत बनाउन, हौसला प्रदान गर्न र राहत सामग्री वितरणमा सहयोग पु-याउन स्वयम्सेवकीय भूमिका खेल्ने भएको हो ।

    Advertisement

    युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेद्वारा २०७६ चैत्र २८ गते जारी पे्रसवक्तव्यमा सो जानकारी दिइएको छ । वक्तव्यमा सरकारको भूमिका अपेक्षाको तुलनामा कमजोर भएको र भारतसितको खुला सिमानाका कारण कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने आशङ्का व्यक्त गरिएको छ ।

    यही बेलामा स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको विषय अगाडि आउनु, लकडाउन लम्बिँदै जाँदा मजदुर, विद्यार्थी, गरिब, असहाय तप्काजस्ताको समस्या गम्भीर बन्नु, राहत वितरण प्रभावकारी नहुनु, प्रवासी नेपालीहरू अलपत्र हुनुजस्ता विषय समेटिएको सो वक्तव्यमा अगाडि भनिएको छ–

    “१. गत २०१९ डिसेम्बरमा चिनको हुबेई प्रान्तको राजधानी वुहानमा सुरु भएको कोभिड–१९ ले आजसम्म आइपुग्दा लगभग सबै देशलाई आक्रान्त बनाएको छ । अहिलेसम्म करिब पुगनपुग एक लाख जनाको मृत्यु भएको छ भने करिब १६ लाख सङ्क्रमित भएका छन् । यो सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । विश्वभरिका समग्र मानवजाति नै यस महामारीको आतङ्कबाट प्रताडित बनेका छन् । आज सम्पूर्ण मानव क्षमता, मस्तिष्क र सामाथ्र्य यस प्रलयकारी भाइरससँगको लडाइँमा लागेको छ ।

    २. यस्तो महामारीको समयमा राज्यले जनताप्रति गर्नुपर्ने दायित्व प्रभावकारी भएन भने समाज झन ठुलो सङ्कटमा पर्ने सम्भावना हुन्छ । त्यसैले सरकारी तथा निजी क्षेत्रले यसमा जिम्मेवार बन्नुपर्ने हुन्छ । हाम्रो देशमा पनि कोभिड–१९ को सङ्क्रमण देखिइसकेको अवस्थामा तीव्र प्रकारले परीक्षण र रोकथाममा लागिरहेको देखिएको छैन । चीनमा सङ्क्रमण देखिएको करिब चार महिनापछि बल्ल पिपिई र परीक्षण सामग्रीको बन्दोबस्त गर्ने प्रक्रियामा हुनु गम्भीर चिन्ताको विषय हो । भारतसँग खुल्ला सिमाना हुनु, आवतजावत बढ्दै जानु र भारतको सीमावर्ती क्षेत्रमा सङ्क्रमण पनि बढ्दै जानुले ठुलो खतराको सङ्केत गर्दछ । त्यसैले भारतसँगको सीमाक्षेत्रलाई अझ कडाइपूर्वक लकडाउन गर्नु आवश्यक छ ।

    ३. सङ्कटको अवस्थामा कृतिम अभाव हाम्रोजस्तो राष्ट्रमा एउटा परम्पराजस्तो भइसकेको छ । अहिले पनि मास्क, स्यानिटाइजरलगायत दैनिक उपभोग्य वस्तुमा यही समस्या दोहोरिएको छ । यस्तो बेलामा सरकारका नियन्त्रण र नियमन गर्ने निकाय सक्रिय भएर कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ । लकडाउनको अवस्थामा उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने राज्यको दायित्व हो । नागरिक पनि इमान्दार र अनुशाशित भई दैनिक व्यवहार चलाउनु आवश्यक छ ।

    ४. आम नागरिकमा अझै महामारीप्रतिको भ्रमपूर्ण धारणा विद्यमान छ । यसलाई चिर्नु आवश्यक छ । अर्कोे कसरी आम नागरिकलाई भाइरस विरुद्ध लड्न मानसिक रूपमा तयार पार्ने भन्ने हो । जति ठुलो क्षेत्रमा सङ्क्रमण फैलिन्छ, यसलाई नियन्त्रण गर्न त्यति नै जटिल हुने छ भन्ने कुरा नागरिकले बुझ्नुपर्छ । यसका लागि जनताको तहमा आएका समस्यालाई समाधान गर्न, जनतालाइ सचेत बनाउन, हौसला प्रदान गर्न, राहत सामग्री वितरणमा सहयोग पु¥याउन सङ्गठनका सबै कार्यकर्तालाई स्वयम्सेवकको रूपमा परिचालन गर्ने निर्णय गरिएको जानकारी गराउछौँ ।

    ५. स्वास्थ्य सामग्री खरिद गर्ने सन्दर्भमा राज्यका निकायबाटै भ्रष्टाचार भएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यति ठुलो बिपत्तिको समयमा समेत भ्रष्टाचारजञ्य कार्य गर्नु ठुलो सामाजिक अपराध हो । ती अपराधीलाई कडा कारबाही गर्न माग गर्दछौँ र जनताको तहबाट सामाजिक बहिष्कार गर्नुपर्दछ ।

    ६. लकडाउनको समय लम्बिँदै जाँदा दैनिक मजदुरी गर्ने, भाडामा बसेका विद्यार्थी, साथै गरिब तथा असहाय परिवारमा समस्या पर्दै गएको छ । सरकारले राहतको घोषणा गरे पनि प्रभावकारी वितरण नभएको समाचार आइरहेका छन् । तत्काल उपयुक्त संयन्त्र बनाएर राहत वितरणलाई लक्षित समुदायसम्म पु¥याउन जोडदार माग गर्दछौँ ।

    ७. रोजगारीको लागि विदेशमा भएका लाखौँ नेपाली युवा यो महामारीका कारण अलपत्र परेका छन् । कैयौँको मृत्यु भएको छ । सयौँको सङ्ख्यामा सङ्क्रमण देखिएको छ । भारतबाट आएका हजारौँ नेपालिहरू अहिले पनि सिमानामा अलपत्र अवस्थामा नै छन् । सिमाना क्षेत्रका क्वारेन्टाइन पनि झन् असुरक्षित प्रकारले बनाइएको छ । यस्तो अवस्थामा उनीहरूको स्थितिबारे ध्यान दिन र उनीहरूको व्यवस्थापनमा ख्याल गर्न सरकारको ध्यानाकर्षण गर्न चाहान्छौँ ।”

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.