काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
Advertisement
आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दाहाल माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।
यस्तै, नेपाली कांग्रेसले सांसद युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले युवराज शर्माको नाम अनुमोदन गरेको हो ।
राष्ट्रिय सभा अध्यक्षको चुनाव २९ गते चुनाव हुँदैछ ।
एमाले–माओवादी–जसपा र एकीकृत समाजवादीको गठबन्धन रहेकोमा दाहाल नै अध्यक्ष बन्ने निश्चित छ । गठबन्धनसँग ३९ सांसद छन्।
तर, कांग्रेसले आन्तरिक रुपमा विभिन्न दलहरूसँग छलफल गरिरहेको छ ।