टेकराज भुसाल (बुटवल) ।
Advertisement
अर्घाखाँची ढाकावाङ–रुपन्देही सम्पर्क समाजको आयोजनामा सैनामैनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
समाजका सल्लाहकार तुल्सिराम खनालकी कान्छी बुहारी स्मृतिशेष रुपा घिमिरे (खनाल) को नवौं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल, सल्लाहकार कमलप्रसाद खनाल र सहसचिव टेकराज भुसालले शोक मन्तव्य राख्दै संस्थालाई अतुलनीय क्षति पुगेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानप्रसाद खनाल, कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
स्वर्गीय खनालको ३० वर्षको उमेरमा फागुन १८ गते आफ्नै निवास सैनामैना सरौलीमा निधन भएको हो ।