• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमोले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले रास्वपालगायत दलसँग गठबन्धन गरेर सरकार पुनर्गठन गरेपछि राजमोले समर्थन फिर्ता लिएको हो ।

    अध्यक्ष चित्रबहादुर केसीले बुधबार साँझ विज्ञप्ति प्रकाशित गरी समर्थन फिर्ता लिएको स्पष्ट पार्नुभयो ।

    यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बनेको गठबन्धन सरकारलाई राजमोले समर्थन गरेको थियो ।

    तर, प्रधानमन्त्री दाहालले रातारात गठबन्धन परिवर्तन गरी एमालेलगायत दललाई सरकारमा सामेल गरेका छन् ।

    यस्तो छ वक्तव्य
    प्रधानमन्त्रीले गर्नु भएको मन्त्रिपरिषदको गठन तथा मन्त्रीहरूको कार्य विभाजन गर्दा अपनाएको नीतिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो वक्तव्य जारी गरेका छौं ।

    १) प्रधानमन्त्रीले विभिन्न दलहरूलाई सरकारमा सामेल गरेर आज गर्नु भएको मन्त्रिपरिषदको गठन र मन्त्रीहरुको कार्य विभाजन गर्दा अपनाएको नीतिमाथि ध्यान दिँदा प्रचण्ड नेतृत्वमा बनेको पहिलेको सरकारलाई हाम्रो पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं ।

    २) हाम्रो पार्टी सम्मिलित नेका, माओवादी समेतको पाँचदलीय गठबन्धन एमालेको प्रतिगामी नीतिका विरुद्ध नै केन्द्रित रहेको थियो । प्रतिगमनका विरुद्ध गठन भएको पाँच दलीय गठबन्धनले विभिन्न निर्वाचनमा एमालेको प्रतिगमन उन्मुख राजनीतिक दिशाका कारण नै उसँग कुनै पनि स्तरमा तालमेल नगर्ने समेत नीति अपनाएको थियो । एमालेको प्रतिगमनउन्मुख नीतिमा अहिले पनि कुनै सुधार वा परिवर्तन भएको छैन । एमालेको नीतिमा कुनै परिवर्तन वा सुधार नभई उसँग मिलेर मन्त्रिपरिषदको गठन गर्ने कार्य सही हुन सक्दैन ।

    ३) प्रत्यक्ष रूपले अमेरिकी साम्राज्यवादको नीति लागू गर्न बनेको र उसैको निर्देशनमा चल्ने संगठनलाई समेत सरकारमा सामेल गर्ने कार्यलाई हाम्रो दलले गम्भीरतापूर्वक लिएको छ । त्यो संगठनको प्रमुख नेता उपर विगतमा विभिन्न मुद्दा चलेका र हाल पनि सहकारी ठगीमा अनुसन्धान तथा मुद्दा चलिरहेको व्यक्तिलाई गृह जस्तो मन्त्रालय दिएर उनका सबै अपराधबाट उन्मुक्ति दिने कार्य हुनेछ ।

    ४) प्रधानमन्त्री प्रचण्डले सुशासनमा आफ्नो जोड रहेको दाबी गर्दै आएपनि दर्जनौं सहकारीका करोडौं रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्रालय दिने कार्यले प्रचण्डको लाचारीपनलाई नै देखाउँछ ।

    ५) प्रतिगामीदिशा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने सङ्गठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौं रुपैया ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट नै छ । त्यो अवस्थामा वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौँ ।

    ६) यो सरकारले आगामी दिनहरूमा अपनाउने नीति र कार्यका आधारमा त्यसप्रति हामीले आफ्नो नीति स्पष्ट गर्दै जानेछौं ।

    चित्रबहादुर केसी
    अध्यक्ष

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.