काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस धादिङ गजुरीको गलौदीस्थित सडकमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
Advertisement
काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरीले जानकारी दिए ।
हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको बताइएको छ।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको छ । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको बताए ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।