• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘सीमा क्षेत्रमा एसएसबीको ज्यादती बढ्यो, नेपालले सोच्ने बेला आयो’


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले सीमामा भारतीय एसएसबीको ज्यादती बढेको भन्दै नेपाली पक्षले सोच्ने बेला आएको बताएका छन् ।

    Advertisement

    स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोली समक्ष सीमा अध्यक्ष अन्सारीले एसएसबीको ज्यादतीबारे बताएका हुन् ।

    एसएसबीले नेपाली भूमिमा खाल्डो पारिदिने, टहरा निर्माण गर्ने, नेपालीलाई अनाहकमा दु:ख दिने जस्ता काम गर्दै आएको अन्सारीले बताए ।

    सीमामा एसएसबीको उपस्थितिको विषयमै प्रश्न उठाएका अन्सारीले भारतले लागुऔषध खुला रुपमा नेपाल भित्रन दिएर बालबालिकाको भविष्य अन्यौल बनाउने जस्ता कार्य गरिरहेको आरोप समेत लगाए । उनले एसएसबीले चोरी तस्करी नियन्त्रणमा समेत नेपाली पक्षलाई सघाउ नगरेको भन्दै सोबारे माथिल्लो तहमै आवाज उठाउन ढिला गर्न नहुने धारणा राखे । स्थानीय अताबुल

    अन्सारी समेतले एसएसबीको ज्यादती बढेको देख्दा नेपाली भूमि नेपालको नभई भारतकै हो की भन्ने आभास हुन थालेको बताए । उनले नेपाल सरकारले सो विषयमा ठोस कदम चाल्नुपर्ने बताए ।

    पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोवास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन् ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहितको टोलीमा रहेका सुरक्षा निकायका प्रमुखसमक्ष आफ्ना गुनासा राख्ने क्रममा सीमाका नेपालीहरूले एसएसबीको ज्यादती बारेको जानकारी गराए ।

    सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र अभद्र प्रकृतिको रहेको नेपाली भूमितर्फका बासिन्दाको भोगाई छ ।

    उनीहरुले एसएसबीले नेपालीलाई ससाना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दु:ख दिने जस्ता कार्य गर्दै आएको नेपाली सुरक्षा निकायसमक्ष दुखेसो पोखेका छन् ।

    कोशी प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीसमेतको उपस्थितिका बिच भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कार्य शैलीको आलोचना गरेका स्थानीयले काउण्टर पार्टको बैठकमा सो विषय उठान गर्न मागसमेत गरेका छन् ।

    सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । सीमा सुरक्षामा दुवै देशका सुरक्षाकर्मीको तैनाथी रहँदै आएको छ यद्यपि सीमामा रातदिनको सुरक्षा तैनाथीका बाबजुत चोरी तस्करी भने रोकिन नसकेको स्थानीयको भनाइ छ ।

    सीमा क्षेत्रमा स्थानीयको धारणा र दशगजा क्षेत्रको अवस्था बुझ्न तीन दिने पैदल यात्रामा निस्केका प्रजिअ जयनायारण आचार्यले स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराइने बताए ।

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.