• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सरकारको कमजोरीका कारण भ्रष्टाचारीको चलखेल बढ्योः मसाल


  •   मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसेकेको बताएको छ । सरकारको कमजोरीबाट फाइदा उठाउँदै स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको मसालले आरोप लगाएको छ ।

    Advertisement

    पार्टी प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक वक्तव्य पकाशित गरी कोरोना भाइरसको समहामारीले विश्वव्यापी रूपमा ठूलो क्षति गरिरहेको बेलामा नेपालमा त्यसको जोखिमबाट बच्नका लागि राज्य र सरकारले प्रभावकारी नेतृत्व दिनु आवश्यक रहेको औँल्याउनुभएको छ ।

    यस्तै, मसालले भारतबाट कैयौं व्यक्ति विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको सन्दर्भमा उनीहरुको खोजी गरी उचित व्यवस्थापन नगरे उनीहरुमा कोरोना संक्रमण रहेको भए त्यसले गम्भीर रुप लिनसक्ने चिन्तासमेत जाहेर गरेको छ ।

    यस्तो छ, वक्तव्य
    ‘विश्व महामारीको रूपमा फैलिएको कोरना भाइरसको स्थिति गम्भीर बन्दै गएको छ । नेपालमा त्यसको रोकथामका लागि राज्य, सरकार र नागरिक स्तरबाट समेत जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्न नसकेमा कोरना भाइरसको स्थिति गम्भीर हुने र त्यसबाट निकै ठूलो क्षति हुन सक्ने सम्भावना छ । देशका सातैवटा प्रद्रेशमा त्यसको पहुँच पुगिसकेको छ र देशमा कोरना भाइरसको स्थिति दोश्रो चरणमा पुगेको छ । यदि यसलाई समयमा नै नियन्त्रण वा त्यसको रोकथाम सम्बन्धीका नियमहरूलाई कडाइपूर्वक लागू गर्न सकिएन भने त्यसको स्थिति छिट्टै छिट्टै नै तेस्रो स्टेजमा उक्लिने सम्भावना छ ।
    अहिले सरकारको नीति, प्रशासक, प्रहरी तथा स्वास्थ्यकर्मी समेतको स्थिति कमजोर अवस्थामा रहेको छ । यसप्रकारको कमजोर अवस्थाबाट कोराना भाइरसका विरुद्ध विजय हासिल गर्न मुश्किल पर्ने छ । त्यसैले सरकारले स्वास्थ्य तथा सुरक्षा नीतिहरू व्यवस्थित र प्रभावकारी बनाई प्रशासन, स्वास्थ्य तथा सुरक्षासम्बन्धीको भरपर्दो प्रणालीका लागि सरकारले विशेष ध्यान दिनु आवश्यक छ ।

    कोरना भाइरसको महामारीले विश्वव्यापी रूपमा ठूलो क्षति गरिरहेको बेलामा नेपालमा त्यसको जोखिमबाट बच्नका लागि राज्य र सरकारले प्रभावकारी नेतृत्व दिनु आवश्यक छ । तर स्वास्थ्य सामग्री किन्ने सम्बन्धमा देखिएको समस्याले सरकारको कार्यप्रणालीमा गम्भीर कमजोरी रहेको देखिन्छ । त्यस विषयमा भ्रष्टाचारसम्बन्धी सञ्चारमाध्ययमहरूबाट लगातार रूपमा समाचारहरू आइरहेका छन् । त्यसबाट सरकारको कमजोर कार्यप्रणालीको फाइदा उठाउँदै भ्रष्टाचारीहरूले व्यापक चलखेल गरिरहेको देखिन्छ । विश्वमा पैदा भएको सङ्कटको घडीमा सम्पूर्ण मानवजातिले कोरना भाइरसका विरुद्ध सङ्घर्ष गरिरहेको बेलामा नेपालमा पनि सरकार र नागरिक दुवैले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता छ । सरकारले आफ्नो कमजोर कार्यप्रणालीमा सुधार गरी भ्रष्टाचारी तथा कालोबजारीलाई कडा कारवाही गर्नका लागि हामी सरकारको ध्यान आकर्षित गर्दछौँ ।

    सरकारले लकडाउनको समयलाई फेरि लब्याउने निर्णय गरेको छ । नेपालमा कोरना भाइरसको बढ्दो सङ्क्रमणको सम्भावनामाथि ध्यान दिंदा सरकारको त्यो निर्णय सही नै भएको छ । तर लकडाउनको समयमा भारतबाट अनियमित रूपमा नेपाल प्रवेश गर्नेहरूको ठूलो सङ्ख्या रहेकोले त्यसको सम्भावित दुष्परिणाममाथि ध्यान दिएर त्यसरी प्रवेश गरेका व्यक्तिहरूको खोजतलास गरी उनीहरूको स्वास्थ्यस्थितिबारे सरकारले ध्यान दिनु आवश्यक छ । प्रधानमन्त्रीको चैत्र २५ गतेको सम्बोधनमा भारतको सीमामा नेपालीहरू रहेको भनी स्वीकार गरिएको छ । भारतले उनीहरूको समुचित व्यवस्था गरिरहेको छैन । त्यसकारण उनीहरूलाई नेपालमा ल्याएर क्वाराइनटाइनमा राख्न र आवश्यक उपचारको समेत व्यवस्था गर्न सरकारसित हामी जोड दिन्छौँ ।

    अहिले क्वाराइटाइनको जाँच गर्ने कमजोर व्यवस्था रहेको छ । यसप्रकारको कमजोर व्यवस्थालाई सुधार गरी देशका सातवटै प्रदेशहरूमा क्वाराइटान जाँचको मजवुत व्यवस्था गर्नेतर्फ सरकारले पूरा ध्यान दिन आवश्यक छ । हजारौ व्यक्तिहरू भारतबाट नेपालमा आएकाले उनीहरूलाई क्वाराइनटाइनमा राखेर जाँच गर्न आवश्यक छ । त्यसो गरिएन देशमा भयावह स्थिति आउने सम्भावना छ । स्थानीय र प्रदेश निकायहरूले कोरना भाइरससम्बन्धी कसरी भूमिका खेलिरहेका छन् भन्ने विषयमा समेत सरकारले विशेष ध्यान दिएर सबै संयन्त्रलाई प्रभावकारी बनाउनका लागि हामी सरकारसित जोड गर्न चाहन्छौँ ।’

    मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.