खिमराज चालिसे ##
जागिर नपाएर देशमै दु:ख भोगेको मान्छे हुँँ ।
तर पनि दासता विरुद्ध लडिरहने मान्छे हुँ ।।
ठुला मान्छेको पाउ पर्ने संस्कार विरोधी मान्छे हुँ ।
लम्पसारवादी सोच विरुद्ध उभिने मान्छे हुँ ।।
योग्यता अपमान भइरहने देशको मान्छे हुँ ।
झोले र चाप्लुस भरिएको देशको मान्छे हुँ ।।
एसएलसी प्रथम भई परदेश पसेको मान्छे हुँ ।
सिफारिस नभा’को हेपिएको पिल्सिएको मान्छे हुँ ।।
योग्यता रद्दीमा फाल्दिने द्रूत व्यवस्थाको मान्छे हुँ ।
पाउ पर्नेलाई राम्रै ठाउँ पुर्याउने देशको मान्छे हुँ ।।
कतै सिफारिस नगर्ने स्वाभिमान राख्ने मान्छे हुँ ।
आफ्नै क्षमतामा विश्वास गर्ने स्वाभिमानी मान्छे हुँ ।।
स्वाभिमान बचाउँदै म परदेश पसेको मान्छे हुँ ।
चौतर्फी त्यो अपहेलना सहँदै आएको मान्छे हुँ ।।
चाप्लुस, चाकडी गर्न कहिल्लै नजानेको मान्छे हुँ ।
त्यसैले जागिर नपाएर प्रदेश पसेको मान्छे हुँ ।।
योग्यता हुँदाहुँदै देशमा श्रम नपाएको मान्छे हुँ ।
आसेपासे हुँर्काउने कुसंस्कारमा जन्मेको मान्छे हुँ ।।