तौलिहवा । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ मा राष्ट्रिय जनमोर्चाको दोस्रो वडाभेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैकोे उपस्थितिमा २०८० फागुन ११ गते शुक्रबारका दिन सो भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै सचिव अदैले ठुला राजनीतिक दलले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।
दलहरूको असक्षम कार्यशैलीले जनआन्दोलनबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा रहेको बताउँदै उहाँले जनताले सही राजनीतिक दिशा ठम्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रमलाई राजमो जिल्ला सदस्य त्रिवेणी कुर्मी र राजमो पालिका समितिका अध्यक्ष गोविन्द परिवारले पनि सम्बोधन गर्नुभएको थियो ।
भेलाले जगदम्बाप्रसाद पासी अध्यक्ष रहनुभएको ११ सदस्यीय राजमोको १ नम्बर वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा वंशराज कोरी, सचिवमा पाटिराम खटिक र कोषाध्यक्षमा प्रभावती खटिक रहनुभएको छ ।
समितिको सदस्यमा सुरजमती कलवार, नन्दलाल खटिक, रामहित यादव, सवारी खटिक, शिवनाथ यादव, सेवक कोरी र सुग्रम खटिक रहनुभएको छ ।
भेला पतेश्वरी यादवको अध्यक्षता, रामभोरोसे यादवको सञ्चालन र वंशराज कोरीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।