• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

समय घर्किंदै जाँदा हिउँले सेताम्मे मनाङ


  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
  • चामेबजार । हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ ।

    Advertisement

    २०८० फागु ९ गते बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकोमा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन् । समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन् । हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कम मात्रामा हिउँ परिरहेकै हो । चिसो अत्यधिक नै थियो तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्‍यो, जसले किसानलाई खुसी बनाएको छ । यसले पर्यटकलाई आकर्षण पनि गर्ने छ ।’

    जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उहाँले बताउनुभयो । अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको प्रजिअ लामिछानेले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘मनाङवासी जिल्ला भित्रिन थालेकाले विद्यालय, होटल पनि खुल्न थालेका छन्, जसले गर्दा अब यहाँ पर्यटक भित्रिने समय भएको छ । जाडो कम हुन थालेपछि सहज बन्दै जाने छ तर पर्यटक तथा स्थानीयवासीलाई चिसोले हुन सक्ने स्वास्थ्यको सचेतता अपनाउन आग्रह गरेका छौँ ।’

    यहाँको मौसम अनुकूल बन्दै गएपछि अब पूर्वाधार निर्माणका कामले पनि गति लिने प्रजिअ लामिछानेले बताउनुभयो ।

    हिउँले नै यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ । समयमा कम मात्रामा परेको हिउँले बेमौसममा परेको हिउँलाई पछिसम्म सिञ्चित गर्ने छ, जसले गर्दा किसानमा खुसी छाएको छ ।

    पर्यटन क्षेत्रको आकर्षणको केन्द्र मनाङमा अब पर्यटक आउने याम सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । याम सुरु भएसँगै पर्यटक आगमन हुने भएकाले सचेत भएर आउन उहाँको आग्रह छ ।

    उहाँले भन्नुभयो– ‘पहिलेको तुलनामा अहिले हिमपात हुने समय फेरिएको छ । विशेषगरी मङ्सिरदेखि माघसम्म भारी हिमपात हुने समय हो तर अहिले फागुनदेखि मात्रै भारी हिमपात हुने गरेको पाइन्छ । यसले गर्दा यहाँ आउने पर्यटकले जोखिमलाई ध्यान दिएर यात्रा गर्न सुझाउँछौँ ।’

    हिमपात तथा बेमौसममा पनि यहाँ दैनिक रूपमा १५ देखि २० पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । त्यसै पनि मनाङको अन्नपूर्ण पदमार्ग जोखिम नै छ तर यहाँको मौसमलाई ध्यान दिएर मात्र यात्रा गर्नुपर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो– ‘अहिले परेका हिउँ घाम लागेपछि पग्लिने हुन्छ, जसले गर्दा जोखिम बढी हुन्छ । हिउँ थुप्रिएर रहेको स्थानमा सतर्कता अपनाउनुपर्ने हुन्छ । पर्यटकले यसलाई ध्यान दिनुपर्ने हुन्छ ।’

    हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरतासँग रमाउँदै मनाङबाट पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङलापास पार गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङला पार गरी मुस्ताङको मुक्तिनाथ हुँदै पोखरा जाने गर्दछन् ।

    मनाङ आउने पर्यटक केही अन्नपूर्ण पदमार्गमार्फत थोराङला भञ्ज्याङ जान्छन् भने केही पर्यटक पाँच हजार दुई सय मिटर उचाइमा अवस्थित काङ्लापास पार गरी मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल निस्कने गर्दछन् ।

    मनाङ आएका पर्यटक विश्वकै अग्लो स्थान चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, चार हजार छ सय मिटर उचाइमा अवस्थित आइसलेक, तीन हजार पाँच सय मिटर उचाइमा रहेका गङ्गापूर्ण ताल पुग्ने गर्दछन् तर गङ्गापूर्ण ताल भने अहिले बगरको रूपमा परिणत भएको छ ।

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौताराबाट पदयात्रा सुरु हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचओटा जिल्ला जोडिएको छ ।

    काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत् मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । (रासस)

    बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.