काठमाडौँ । फुटपरस्तहरूको भ्रममा परेका ज्ञानेन्द्र खनाल र मेनुका खनाल नेकपा (मसाल) मा फर्किनुभएको छ ।
राष्ट्रिय जनमोर्चा प्रदेश समितिका उपाध्यक्ष शेरबहादुर बिसी, राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसी, राजमो जिल्ला सचिव बाबुराम पन्थीसहितको हातबाट २०८० फागुन ९ गते बुधबार राजमोको सदस्यता लिँदै उहाँहरू फर्किनुभएको हो ।
सो अवसरमा उहाँहरूले लिखित प्रेसविज्ञप्ति पनि जारी गर्नुभएको छ ।
वक्तव्यमा उहाँहरूले नेकपा (मसाल) र राजमोका नीति सही रहेको ठहर गरेकाले सोही पार्टीमा फर्किएको स्पष्ट पार्नुभएको छ ।
प्रेसविज्ञप्तिमा उहाँहरूले लेख्नुभएको छ– “नेकपा (मसाल), राष्ट्रिय जनमोर्चाले चलाएको राष्ट्रियताको रक्षा, गणतन्त्रलाई संस्थागत र सङ्घीयता खारेजीको आन्दोलनमा सक्रियतापूर्वक लाग्ने गरी आजैका मितिदेखि हामी नेकपा (मशाल) र अखिल नेपाल किसान महासङ्घको कुनै पनि सदस्यमा नरहेको जानकारी गराउँदै पुन: नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चामा सम्बद्ध रहेको जानकारी गराउँछौँ ।”
