मोहम्मद अताउल्लाह, गौर ।
Advertisement
रौतहतको यमुनामाई गाउँपालिका झुनखुनवामा पिकअप वाहन पल्टिएको छ ।
२०८० फागुन ५ गते शनिबार बिहान ना२ च२८४१ नम्बरको पिकअप गाडी अनियन्त्रित भई पल्टिएको हो ।
कुहिरोको कारणले यमुनामाई गाउँपालिका वडा नम्बर ५ स्थित झुनखुनवा चौक र बमनहार चोकको बिचमा पर्ने स्थानमा सो दुर्घटना भएको थियो ।
प्राप्त जानकारीअनुसार शनिबार बिहान ५ बजे ४५ मिनेटमा उक्त घटना भएको स्थानीयवासी बताउँछन् ।
उक्त दुर्घटनामा मानवीय क्षति भएको छैन । चालक सुरक्षित छन् ।
