• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शोकमग्न बन्यो कञ्चनपुरको भीमदत्तनगर, यी हुन् कपिलवस्तु बस दुर्घटनाका मृतक र घाइते

"मृतक १० जनामध्ये ७ जना महेन्द्रनगरका "

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । गएराति कपिलबस्तुमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।

    Advertisement

    पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै गएराति १२ बजे सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

    सुनौलो महाकाली यातायातद्वारा सञ्चालित उक्त बस महेन्द्रनगरबाट ४० जना यात्रु लिएर काठमाडौँ आउँदै थियो।

    प्रहरीका अनुसार ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ। मृतक ७ जना कञ्चनपुरको भीमदत्त नगरपालिकाका रहेका छन् । अधिकांश घाइते पनि भीमदत्तनगरकै छन् ।

    दुर्घटनामा ७ जनाको मृत्यु र कैयौँ घाइते भएपछि भीमदत्त नगरमा शोक छाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी डीएसपी हरिबहादुर ओलीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको चन्द्रपुर नगरपालिका ३ पौराहीका ४६ वर्षीय नारायण भण्डारी, सल्यानको सेमिखाल- ३ का ४१ वर्षीय अर्जुनकुमार योगी, भारतको उत्तर प्रदेशका ५५ वर्षीय सकिल अहमद मुसलमान, कञ्चनपुरको भीमदत्त नगरपालिका १ का करिब २७ वर्षीय राहुल राम कामी, कञ्चनपुरकै भीमदत्त नगरपालिका- ४ का करिब १७ वर्षीय किशोर उमेश भण्डारी, भीमदत्त- ६ का २७ वर्षीय सञ्जु थापा (महिला), भीमदत्तकै २१ वर्षीया खगेश्वरी खाती, भीमदत्त- २ का २२ वर्षीय सुदीप भट्ट, कञ्चनपुरकै पुनर्वास नगरपालिका- ९ बिचफाँटाकी विमला देवी भट्ट र सोही ठाउँका विसन दत्त भट्ट छन्।

    उनीहरुमध्ये धेरैको घटनास्थलमै र केहीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते हुने २८ जनामध्ये गम्भीर अवस्थाका ९ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।

    यी हुन् दुर्घटनाका गम्भीर घाइते
    गम्भीर घाइते ९ जनालाई बुटवल रेफर गरिएको छ। उनीहरुको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

    बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, दुर्घटनामा परेको बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, सोही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलालीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी- २ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका- ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्।

    अन्य घाइते
    गोरखाको शहिद लखन गाउँपालिका –७ वस्ने वर्ष ३० का मनोज विक, दार्चुलाको शैल्य शिखर नगरपालिका–३ का २४ वर्षीय नवीन भट्ट नेपाली, कन्चनपुरको भीमदत्त-१४ वस्ने वर्ष ३३ की गिता कुँवर, उनका छोरा वर्ष १२ का नवीन कुँवर, ओखलढंगा झारपुर गापा वडा नं नखुलेको वर्ष १९ का बिसन भुजेल, कन्चन्पुरको शुक्लाफाँटा नपा ११ वस्ने वर्ष ३१ का मोहन सिङ लोहार, काठमाडौँ माहानगरपालिका– ३ वस्ने वर्ष ४१ का अनिल तन्डुकार, कन्चनपुरकै भीमदत्त नपा १६ वस्ने वर्ष ५४ की नारायणी थापा, सोही ठाउँका वर्ष २८ का दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नपा–१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भीमदत्त नपा–१८ वस्ने वर्ष ४१ की शान्ति सिङ, कैलालीका वर्ष ३२ को गणेश काफ्ले, उनकी श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनीहरुकी छोरी वर्ष ३ कि सृष्टि, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ का मोहमद रिजन, भारतकै वर्ष ५४ का अनिस मनियार, धादिङ सिप्ले गापा–२ वस्ने वर्ष २५ का कृष्ण नेपाली, कन्चनपुर भीमदत्त नपा १९ बस्ने बर्ष २० का सुमन बिष्ट, कन्चनपुर भीमदत्त नपा – १ बस्ने वर्ष २० का मनोज सिँह धामी, सोही ठाउँका वर्ष २० का अशोक सिंह र कन्चनपुर भीमदत्त नपा ४ बस्ने वर्ष ३६ का ज्ञानेन्द्र पाल छन्।

    उनीहरु सबैको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.