तौलिहवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
Advertisement
महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस २०८० फागुन ३ गते राति २ बजे दुर्घटना दुर्घटना भएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३० जना घाइते भएका छन् । त्यसमध्ये नौ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।
काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।
मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।