• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पाल्पाको तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • रामपुर (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो ।

    Advertisement

    दुर्घटनामा मृत्यु भएका पाँच जना तिनाउकै रहेका छन् । एकै पालिकाभित्रका पाँचसहित १० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले पालिका शोकमा छ । तिनाउँ–६ मस्याम चिदीसको लुम्पेकडाँडामा शिखरडाँडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडा नं. ६ का पूर्वमहिला वडासदस्य उर्मिला अस्लामीसहितले अकालमै ज्यान गुमाएका छन् ।

    पालिकाभित्र भएको कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुुभयो । उहाँका अनुसार आज बसेको गाउँ कार्यपालिकाको ४६औँ बैठकले गाउँपालिकाभित्र सञ्चालनमा रहेका शिक्षा, स्वास्थ्य, सरकारी सङ्घसंस्था, तथा अन्य सम्पूर्ण क्षेत्रमा शोक बिदा दिने निर्णयअनुसार बिदा दिइएको छ ।

    मृतकका परिवारलाई राहतस्वरुप पालिकास्तरिय विपद् व्यवस्थापन कोषबाट जनही रु ३५ हजार रकम उपलब्ध गराउने र घाइते व्यक्तिको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको छ । बैठकले दुर्घटनाले गाउँपालिकाभित्रका धेरै नागरिकको धनजनको क्षति भएको र आगामी दिनमा गाउँपालिकाका संवेदनशील क्षेत्रमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाइ आवतजावत नगर्न नगराउन सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय गरेको छ ।

    दुर्घटनामा तिनाउ–६ मस्याम बस्ने ६० वर्षीया यनकुमारी पन्त, तिनाउ–६ बस्ने ३९ वर्षीय रामबहादुर अस्लामी, सोही ठाउँकै ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मीला अस्लामी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र सोही ठाउँकै ६० वर्षीया चुना रणपाल मृत्यु भएको छ ।

    तिनाउ–२ खुर्साने बस्ने २० वर्षीया गिता सुनार, रिब्दिकोट गाउँपालिका–१ ख्याहा बस्ने ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देहीको देवदह नगरपालिका–५ बस्ने २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रहरी निरिक्षक श्रेष्ठका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जिल्लाको तिनाउ–६ मस्यामस्थित इकोफम हाउस नजिकैभित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मङ्गलवार साँभm करिव ५ बजेको समयमा दुर्घटना भएको हो ।

    आफैँ अनियन्त्रित भएर जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । चालक तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकाले, उकालो, कच्ची बाटोमा जीप दुर्घटना भएको छ ।

    ग्रामीण भेगमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना हुने गरेका छन् ।

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.