• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो दोस्रो चरा उत्सव


  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
  • कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा आयोजित दोस्रो नेपाल चराउत्सव–२०८० दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    चराको प्राकृतिक बासस्थान संरक्षणसँगै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले शुक्रबार सुरु भएको चराउत्सव आइतबार सकिएको हो ।

    उत्सवमा देशभरका चराविद्सँगै चरा संरक्षणमा सक्रिय सङ्घसंस्था, विद्यार्थी एवम् अनुसन्धानकर्ताको सहभागिता थियो । सो अवसरमा सहभागीले चरा संरक्षणसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यपत्रमाथि अन्तक्र्रिया र फोटो प्रदर्शनी गरिएको थियो ।

    उत्सवले जलवायु परिवर्तन र बढ्दो विषादीको प्रयोगले पशुपन्छीमा नकारात्मक असर परिरहेको निष्कर्ष निकालेको चराविद् एवम् जटायु रेस्टुरेन्टका संयोजक डिबी चौधरीले बताउनुभयो ।

    ‘प्राकृतिक सम्पदा, सिमसार क्षेत्रमा काम गर्दा विज्ञको सुझाव लिन अनिवार्य गर्नुपर्ने सुझाव दिइएको छ’ उहाँले भन्नुभयो– ‘संरक्षणको कार्ययोजना बनाउँदा स्थानीय समुदायको ज्ञान, सिप र प्रविधिलाई आवश्यकताअनुसार प्रयोग गर्नुपर्ने, चराका उपप्रजातिको संरक्षणका लागि विशेष कार्यविधि बनाएर अनुसन्धानमा जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरेका छौँ ।’

    विद्यमान चरा संरक्षणको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उत्सवको निष्कर्ष रहेको दोस्रो नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले बताउनुभयो । उत्सवको स्थानीयका साथै विद्यार्थी र पन्छी तथा जैविक विविधताका क्षेत्रमा काम गर्ने ३९ सङ्घसंस्थाका प्रतिनिधि, भारत, भुटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विटजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायत, ताइवानलगायत देशबाट टुर अपरेटरसहितले भाग लिएको संयोजक घिमिरेले बताउनुभयो ।

    उत्सवमा पन्छी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पन्छीकला प्रतियोगिता, पेपर प्रस्तुति, फोटो प्रस्तुति, पन्छी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पन्छी सङ्गोष्ठी, प्यानल छलफल, विविध कक्ष प्रदर्शनी, संरक्षण अवार्ड वितरण, अनुसन्धान अवार्ड वितरण, नि:शुल्क स्वास्थ्य शिविरलगायत गतिविधि सञ्चालन गरिएको थियो ।

    पोखरा पन्छी समाजले आयोजना गरेको उत्सवमा जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेसन सोसाइटीले सहआयोजना गरेका थिए ।

    उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण सङ्घले समन्वय गरेका थिए । (रासस)

    सोमबार, माघ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.