कृष्णा राना ##
Advertisement
घरि घरि उहीँ कुरा
दोहोर्याउनेलाई
सोध्न मन लाग्यो
अहिलेसम्म तिमीले के गर्यौ
भनी भन्न मन लाग्यो
दोहोर्याई तेहेर्याई कमजोरी
देखाउनेलाई
सोध्न मन लाग्यो ?
कमजोरी पनि यथार्थ नभएर
हचुवाका भरमा
लगायौ कि भन्न मन लाग्यो
प्रयास तिमी गरेकै हौ
सिध्याउन भनी
सोध्न मन लाग्यो ?
किन तिमी आजसम्म हरायौ
कुहिरोमा भनी
सोध्न मन लाग्यो
भन्न जति सजिलो छ
गर्न कति गाह्रो पर्यो
भनी सोध्न मन लाग्यो
समाजको यो परिवेशमा
तिम्रो भूमिका के भनी
सोध्न मन लाग्यो
तिमी कति नैतिकवान् रहेछौँ भनी
बुझ्न मन लाग्यो
अहिले अलिकति नैतिकता गुमाउँदा
कस्तो भइरहेको छ भनी
सोध्न मन लाग्यो
अस्तित्वमा आउन
कति सजिलो रहेछ
भनी सोध्न मन लाग्यो
लाली जोवान एकातिर
बुढेसकाल अर्काेतिर
कस्तो लाग्यो भनी
सोध्न मन लाग्यो