तमघासबजार । गुल्मीको रेसुङ्गामा अखिल नेपाल महिला सङ्घको नगर समिति गठन गरिएको छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलामाझ उक्त समिति गठन गरिएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले महिला अधिकार, लुम्बिनी प्रदेशमा विद्यमान समस्या र यसको समाधानको बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
भेलामा राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षत्री र राजमो गुल्मी जिल्ला सदस्य जीवन रानाको पनि आतिथ्य रहेको थियो ।
भेलाले समितिमा धना कुँवर अध्यक्ष रहनुभएको सात सदस्यीय महिला सङ्घको नगर समिति गठन गरेको छ ।
समितिको सचिव खिमा झाक्री, कोषाध्यक्षमा रविकला केसी तथा सदस्यहरूमा कृष्णकुमारी बस्नेत, बिमला राना र सरिता नेपाली रहनुभएको छ । समितिमा एक स्थान हाललााई रिक्त राखिएको छ ।
भेलाको अध्यक्षता धना कुँवरले, सञ्चालन खिमा झाक्रीले र स्वागत मन्तव्य कृष्णकुमारी बस्नेतले गर्नुभएको थियो ।