खिमराज चालीसे, चंडिगढ ।
प्युठानका एक युवक भारतको हरियाणाबाट सम्पर्कसिवहीन भएका छन् ।
Advertisement
झिमरुक गाउँपालिका–१ तल्लाबारी सौतामारेका ३१ वर्षीय राजु जिसी हरियाणा राज्यको भिवानीबाट २ फरवरीदेखि सम्पर्कविहीन भएका परिवारले बताएका छन् ।
मानसिक सन्तुलन खासै ठिक नभएका राजु भिवानीको अटेला मन्डिबाट लापत्ता भएका हुन् ।
बुबा छविलाल जिसीले दिएको जानकारीका आधारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राजुको खोजतलास सुरु गरेको छ ।
उनी भेटिएमा भारतमा नजिकको मूल प्रवाहको कार्यालय अथवा रमेश जीसीलाई +919034659563 र छविलाल जिसीलाई +919896223184 नम्बरमा सम्पर्क गरिदिन वा नेपालमा राष्ट्रिय जनमोर्चाको कार्यालयमा खबर गरिदिन पनि मूल प्रवाहले अनुरोध गरेको छ ।