सन्तोष सुनार, सन्धिखर्क ।
अखिल नेपाल युवक संघ अर्घाखाँचीले आफ्नो ४३ औँ स्थापना दिवस अस्पतालमा रहेका बिरामीहरूसँग मनाएको छ ।
स्थापना दिवसका अवसरमा जिल्ला अस्पतालमा रहेका बिरामीसँग भेटघाट गरी उनीहरूको स्वास्थ्यलाभको कामना गर्नुका साथै फलफूल वितरण गरिएको हो ।
कार्यक्रममा युवक संघ जिल्ला अध्यक्ष रेशम बिक, राष्ट्रिय जनमोर्चाका प्रदेश सल्लाहकार शेरबहादुर बिसी, राजमो जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसि, अखिल नेपाल महिला संघका महासचिव शकुन्तला रानालगायत नेता कार्यकर्ता सहभाग हुनुहुन्थ्यो ।

कार्यक्रममा जिल्ला अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीलेयुवक संघको टोलीसँगै बिरामीलाई फलफूल वितरण गर्नुभएको थियो ।
फलफूल वितरणपछि अस्पतालको प्रांगणमा भएको संक्षिप्त सभालाई सम्बोधन गर्दै युवक संघका जिल्ला अध्यक्ष रेशम बिकले स्वास्थ्य सेवालाई निशुल्क बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रमको सञ्चालन युवक संघका जिल्ला सचिव पुरन नेपालीले गर्नु भएको थियो।
