भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ मा भ्रमणवर्ष–२०२४ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
“घुमौँ भरतपुर” भन्ने नाराका साथ प्रमुख अतिथि वडाअध्यक्ष बाबुराम पौडेलको उपस्थितिमा २०८० माघ २४ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष विभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षा निकायलगायतका विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।
वडाअध्यक्ष रानाले अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन वडासचिव पूर्ण गुरुङले गर्नुभएको थियो ।

