दीपेन्द्र परियार, बागलुङबजार ।
बागलुङ । देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने सहिदहरुको सम्मानमा बागलुङ बरेङस्थित सर्बोदय माविले विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाएको छ ।
Advertisement
२०८० माघ १६ गतेका मङ्गलबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम पूर्व बरेङबजरामा र्यालि निकालिएको थियो । सो र्याली बजार परिक्रमा पश्चात विद्यालयमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
ज्ञातअज्ञात सहितको सम्मानमा श्रञ्द्धाजलीसँगै कक्षा ६ देखि १० सम्मका विद्यार्थीमाझ हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।
त्यस्तै कक्षा ४ र ५ का विद्यार्थीमाझ कुर्चि दौड र कक्षा १ देखि ३ सम्मका विद्यार्थीमाझ तातो आलु प्रतियोगिता सम्पन्न भएको तथा विजयी तिमलाई पुरस्कृति गरिएको विद्यालयका प्रधानाध्यापक चित्र थापाले बताउनुभयोे ।