काठमाडौं । अवैध क्रिप्टो मार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सिराहाका ७ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह, सिराहाको लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँका २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल, सिराहाको सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी पक्राउ परेका हुन् ।
उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। विदेशी नागरिकको फेसबुक प्रयोग गरेर गेमहरु खेलाउने गरेको कार्यालयका डीएसपी निर्मल थापाले बताए ।
उनका अनुसार यसरी कतिको कारोबार गरे भन्ने अनुसन्धान भइरहेको छ ।