काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भएको छ ।
Advertisement
कलंकीस्थित निवासमै उनलाई हृदयाघात भएपछि बिहान साढे ८ बजे नेशनल अस्पतालमा भर्ना गरिएको थियो।
तर नेशनल अस्पतालका चिकित्सकले उनलाई बिहान १० बजेतिर मृत घोषणा गरेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए।
गत पुस १८ गते उच्च अदालतमा नियुक्त न्यायाधीश मरासिनीको इजलासमा बस्नै नपाई निधन भएको छ।मरासिनीको पुस २४ गते उच्च अदालत पाटनमा पदस्थापन भएको थियो।
उनीसहित पदस्थापन भएका न्यायाधीशहरूलाई न्यायपरिषद्ले यसबीचमा ओरियन्टेसन कक्षमा राखेको थियो।
ओरियन्टेसन कक्षा सकिएपछि मरासिनी सोमबार मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए।