खुम रायमाझी, कुवेत ।
Advertisement
इराकमा कार्यरत नेपालीका लागि छदिने पासपोर्ट (राहदानी) नवीकरण शिविर लाग्ने भएको छ ।
आगामी फेब्रुअरी २ देखि ७ तदनुसार २०८० माघ १९ देखि २४ गतेसम्म पासपोर्ट नवीकरण शिविर लाग्ने भएको हो ।
कुवेतस्थित नेपाली राजदूतावासले जनवरी २५, २०२४ का दिन जारी गरेको सूचनाअनुसार उक्त शिविर इराकको सुलेमानिया सौलाखामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म लाग्ने छ ।
पासपोर्ट नवीकरण गर्न चाहने नेपालीले सक्कल राहदानी, नागरिकताको प्रतिलिपि, राहदानीको प्री इनरोलमेन्ट फर्म र तोकिएको राजस्वसहित शिविरमा पुग्नुपर्ने छ ।
दूतावासले शिविरसम्बन्धी थप थानकारीलाई कालगि विनोद श्रेष्ठलाई मोबाइल नम्बर ९६४–७८०६६३७५२९ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
