बागलुङबजार । बागलुङको काठेखोला गाउँपालिका–४ मा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को वडाभेला सम्पन्न भएको छ ।
महासचिव तुल्सिराम सापकोटाको प्रमुख आतिथ्यमा २०८० पुस २२ गते आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महासचिव सापकोटाले किसानको समस्या र मुक्तिको बारेमा प्रशिक्षण दिँदै उहाँले नेपाल कृषिप्रधान देश भए पनि किसानको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको र नेपाल कृषिक्षेत्रमा परनिर्भर हुँदै गएकाले किसानहरू सङ्गठित भई सङ्घर्ष गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
त्यस्तै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्षा तिलक थापाले किसानको एकता, अहिलेको आवश्यकता भएको बताउँदै किसानको सङ्घर्षबाट मात्र देशको समस्या समाधान गर्न सकिने बताउनुभयो ।
भेलाले श्यामलाल विश्वकर्माको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा हर्कराम थापा, सचिवमा भूवन थापा, कोषाध्यक्षमा कमला पुन र सदस्यहरूमा देवबहादुर थापा, खर्कसिंह पुन, थमनबहादुर थापा र टेकबहादुर थापा रहनुभएको छ ।