• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोना संक्रमणको आशंका गरिएका २१ जना डिस्चार्ज, चार जनाको रिपोर्ट आउन बाँकी


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • शुक्रराज भण्डारी, दाङ ।
    दाङमा कोरोना भाइरसको आशंकामा २५ जना आइसोलेनमा भर्ना भएकोमा १६ जनाको रिर्पोट निगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् । यस्तै पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टिनमा बस्न सुझावसहित फिर्ता गरिएको छ । चार जना बेलझुण्डीको कोरोना विषेश अस्पतालमा अहिले पनि उपचारका क्रममा रहेका छन् ।

    Advertisement

    आइसोलेसनमा भर्ना भएकामध्ये ६ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका हुन् भने बेलझुण्डीबाट १० जनालाई डिस्चार्ज गरिएको छ । स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालमा ४ जनाको उपचार कार्य जारी रहेको छ । उपचार गराएका मध्ये १६ जनाको स्वाब परिक्षणको रिर्पोट निगेटिभ देखिएको हो ।

    यस्तै बेलझुण्डीमा उपचार गराइरहेकामध्ये ४ जनाको स्वाब परिक्षणका लागि पठाउने तयारी गर्न लागेको फोकलपर्सन चन्दले जानकारी दिनुभयो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना बिशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक मात्रै भर्ना भएका छन् । साथै सबै स्थानीय पालिकाले आइसोलेसन अगाबै क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन् ।

    दश स्थानीय तहमा क्वारेन्टिन
    दाङका सबै स्थानीय तहले कोरोना भाइरसको न्यूनीकरणका लागि क्वारेन्टिन निर्माण गरेका छन् । कम्तीमा पाँचदेखि ६० बेडसम्मका क्वारेन्टिन निर्माण गरेका हुन् । स्वास्थ्य कार्यालय दाङका अनुसार सबैभन्दा धेरै घोराहीले कुइरेपानीमा ६० बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

    त्यसैगरी बबई गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दका अनुसार तुलसीपुरमा ५०, लमहीमा ३५ निर्माण गरिएका छन् । यस्तै गढवाले १०, राजपुरले २५ र राप्ती गाउँपालिकाले २५ बेड तयार पारेको छ ।

    यस्तै शान्तिनगर गाउँपालिकाले १०, दंगीशरणले ३० र बंगलाचुली गाउँपालिकाले ३० वटा बेड तयार पारेको फोकलपर्सन चन्दले जानकारी दिनुभएको छ । दाङमा स्थानीय पालिकाले बाहेक प्रदेश सरकारले बेलझुण्डीमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

    भारतबाट आउनेको संख्या धेरै
    कोरोना भाईरसको हल्ला चलेसँगै भारतबाट फिर्ता हुनेको संख्या धेरै रहेको छ । स्थानीय सरकारले संकलन गरेको तथ्यांक अनुसार तेस्रो मुलुकको तुलनामा भारतबाट फिर्ता हुनेको संख्या धेरै रहेको हो ।

    दाङका दश स्थानीय तहमा सबैभन्दा धेरै भारतबाट फिर्ता हुने नागरिकको संख्या रहेको छ । बंगलाचुलीमा १४ सय नागरिक फिर्ता भएकोमा १३ सय ९८ जना भारतबाट आएका छन् भने २ जना मात्रै तेस्रो मुलुकबाट आएका नागरिक रहेका छन् । यस्तै घोराहीमा दुई सय ५० बढी नागरिक स्वदेश फिर्ता भएको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

    यस्तै, गढवामा एक सय ५२ जना स्वदेश फिर्ता भएकोमा दुई जना मात्रै तेस्रो मुलुकबाट आएका छन् । तुलसीपुरका प्रबक्ता सुर्यबहादुर डाँगीका अनुसार दुई सय ८१ जना नागरिक मध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । उनीहरुको स्थानीय जनप्रतिनीधिको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ ।

    यस्तै बबईमा ८६ जना, शान्तिनगरमा ३३, दंगीशरणमा २० जना फिर्ता भएका छन् । उनीहरु सबै भारतबाट फिर्ता भएको स्थानीय तहका जनप्रतिनीधिले जनाएका छन् । राप्ती र राजपुरमा पनि भारतबाट आएका धेरै नागरिक छन् भने लमही नगरपालिकामा पनि भारतबाट आएका नागरिक धेरै रहेका छन् । उनीहरु सबैलाई होम क्वारेन्टाइनमै बस्न निर्देशन दिइएको जनाइएको छ ।

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.