परासी (बर्दघाट सुस्ता पश्चिम) ।
ऐतिहासिक तीन अभियानअन्तर्गत लेनिन शताब्दी स्मृतिदिवस कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति नवलपरासीको आयोजनामा सुनवलमा सम्पन्न भएको छ ।
२०८० माघ ७ गते आइतबास सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी हुनुहुन्थ्यो ।
सो अवसरमा सम्बोधन गर्दै अतिथि सुवेदीले विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको योगदान महत्त्वपूर्ण रहेको र हामी सबैले त्यसलाई पार्टी र आफ्नो व्यावहारिक जीवनमा प्रयोग गरेमा हामी र हाम्रो पार्टी सही क्रान्तिकारी बनेर देश र जनताको वास्तविक हितका लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान पूर्व केन्द्रीय अध्यक्ष रेम राना, अखिल नेपाल सुकुम्बासी सङ्घका महासचिव उत्तमराज खरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना सुवेदी, अखिल नेपाल किसान महासङ्घ ९अप्फा० का लुम्बिनी प्रदेश सदस्य जितबहादुर पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य शेरबहादुर सूर्यवंशी, राजमो नवलपरासी जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीलगायतले लेनिनका योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रम नेकपा (मसाल) नवलपरासी जिल्ला प्रवक्ता धनपति सापकोटाको अध्यक्षता र राजमो नवलपरासी जिल्ला सचिव ढुण्डिराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
