• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

काङ्ग्रेससितको हाम्रो रणनीतिक सहकार्य होइन : प्रवक्ता पुरी (फोटासहित)


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपाली काङ्ग्रेससितको सहकार्य रणनीतिक प्रकृतिको नभएको स्पष्टीकरण दिनुभएको छ ।

    Advertisement

    लेनिनको शताब्दी स्मृतिदिवसको अवसरमा नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० माघ ७ गते आइतबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘नेपाली काङ्ग्रेससित हाम्रो रणनीतिक सहकार्य होइन’ उहाँले भन्नुभयो– ‘ऊ त हाम्रो वर्गदुस्मन हो । अहिले प्रतिगामी खतरा आइपरेका कारणले मात्रै हामीले कार्यनीतिक सहकार्य गरेका हौँ ।’

    मन्तव्यको क्रममा उहाँले दोस्रो विश्वयुद्धको उदाहरण दिनुभयो ।

    ‘बेलायत र अमेरिका रुसी समाजवादी व्यवस्थाका दुस्मन थिए’ उहाँले भन्नुभयो– ‘तर स्टालिनले फासिवादको विरुद्धमा उनीहरू सहकार्य गरेका थिए ।’

    उहाँले खास खास परिस्थितिमा दुस्मनसित पनि सहकार्य गर्ने अभ्यास विश्व कम्युनिस्ट आन्दोलनमा रहेको बताउनुभयो ।

    त्यस सन्दर्भमा उहाँले भारतको प्रसङ्ग अगाडि सार्नुभयो ।

    ‘दोस्रो विश्वयुद्धमा बेलायत र अमेरिकासित सहकार्य गर्दा स्टालिनले भनेका थिए, यसको असर विश्वका राष्ट्रिय मुक्ति आन्दोलनमा पर्ने छैन’ उहाँले भन्नुभयो– ‘तर भारतको कम्युनिस्ट पार्टीले दोस्रो विश्वयुद्धमा बेलायतसित सहकार्य गरेकाले भारतमा त्यसको विरोध नगर्ने नीति अगाडि सार्‍यो । त्यही निर्णयले अहिलेसम्म पनि भारतका कम्युनिस्टहरू आलोचित हुने गरेका छन् ।’

    उहाँले भन्नुभयो– ‘यसबाट हामीले शिक्षा लिनुपर्दछ– कम्युनिस्टहरूले ठिक समयमा ठिक निर्णय लिन सक्नुपर्दछ ।’

    कार्यनीतिको विषयमा बढी विवाद हुने गरेको बताउँदै उहाँले नेपालमा त्यस्तो हुनु नयाँ विषय नभएको बताउनुभयो ।

    ‘कमसेम हाम्रो राजनीतिक आलोचना गर्दा गुणदोषमाथि रहेर आलोचना गरे हुन्थ्यो ‘उहाँले व्यङ्ग्य गर्नुभयो– ‘एमालेले हामीलाई गैरक्रान्तिकारी देख्छ, ऊ कति नै क्रान्तिकारी होला र ?’

    प्रवक्ता पुरीले मसालले व्यक्ति हेरेर होइन, राजनीतिक आवश्यकताको आधारमा कार्यनीति तय गर्ने गरेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रमको पूर्वाद्र्धमा मसालको केन्द्रीय कार्यालयद्वारा प्रस्तुत अवधारणापत्र प्रवक्ता पुरीले प्रस्तुत गर्नुभएको थियो ।

    त्यसँगै सम्पूर्ण अतिथिहरूले “लेनिन शताब्दी स्मृतिदिवस र लेनिनवाद” पुस्तक विमोचन गर्नुभएको थियो ।

    पुस्तकमाथि अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव भीष्म जोशीले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।

    मुख्यत कार्यपत्रमाथि आधारित रहेर क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सचिव हरिभक्त कँडेल ‘प्रतीक’, नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सचिव अर्जुन कार्की र नेकपा विप्लप पक्षका सचिवालय सदस्य चिरन सीले टिप्पणीमूलक मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका र साहित्यकार प्राडा खेम कोइराला ‘बन्धु’ ले पनि सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा र राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष मधु क्षेत्रीको पनि आतिथ्य रहेको थियो ।

    नेकपा (मसाल) ३ नं. ब्युरोका प्रवक्ता समीर सिंहको सञ्चालन तथा मसालकै काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

            

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.