• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सुदूरपश्चिम, मधेस र आर्मीको जित, एपिएफको पहिलो हार


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल नेतृत्वको एपिएफले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो हार व्यहोरेको छ ।

    Advertisement

    रूपेश सिंहको अलराउण्ड प्रदर्शनमा मधेस प्रदेशले बिहीवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एपिएफमाथि पाँच विकेटको जित निकालेको हो । तीन विकेट लिएका रूपेशले ब्याटिङमा पनि ७२ रनको अर्धशतकीय इनिङ खेले । बिहीवारकै अन्य दुई खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकाल्दा त्रिभुवन आर्मी क्लवले पनि कोशी प्रदेशलाई ९ विकेटले हरायो । एपिएफको हारले शिर्ष दुईको होडमा रहेका अन्य टोलीलाई फाइदा मिलेको छ ।

    अर्को विभागीय टोलीले आर्मीले वागमती प्रदेशसँग अप्रत्यसित हार व्यहोरेको एकदिनपछि नै एपिएफले पनि मधेसलाई नतिजा सुम्पियो । जारी प्रतियोगितामा नेपाल पुलिस र सुदूरपश्चिम मात्र अपराजित छन् । सुदूरपश्चिमले भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा गण्डकीलाई हराउँदै लगातार तेस्रो सफलता निकाल्यो । मधेसले भने चार खेलमा चार अंक जोड्दा एपिएफको पनि तीन खेलबाट चार अंक नै छ । एपिएफले दिएको दुई सय ४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा पाँच विकेटको क्षतिमा भट्टायो ।

    तीन ब्याटर रूपेशसिंह, पवन सर्राफ र निरज यादवलेले अर्धशतक बनाउँदा मधेसले बलियो विभागीय टोलीबिरुद्ध जित निकाल्यो । रूपेशले ७२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । पवनले ६६ बलमा पाँच छक्का र चार चौकासहित ६४ रन बनाए । ७० बलमा निरजले तीन चौका र दुई छक्का मद्दतले ५२ रनको योगदान दिए । चौथो विकेटका लागि पवन र निरजले ५९ रन तथा पाँचौं विकेटका लागि रूपेश र नीरजले ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरे । ओपनर अनिल शाहले २९ रन जोड्दा अविषेक तिवारी १३ रनमा अविजित रहे ।

    एपिएफको बलिङमा रमेश कुर्मी र कप्तान रोहितले समान दुई तथा श्याम ढकालले एक विकेट लिए पनि मधेसको जित रोक्न सकेनन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनायो । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आसिफ सेख र कप्तान रोहितले अर्धशतक बनाए पनि एपिएफको जितका लागि पर्याप्त भए । यी दुईले दोस्रो विकेटका लागि एक सय ३१ रनको साझेदारी गरे । आसिफले ६९ बलमा सर्वाधिक ५९ रन जोडे । उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।

    ७४ बल खेलेका रोहितले पाँच चौका र दुई छक्कासहित ५८ रन बनाए । सन्दीप जोरा २० रनमा आउट हुँदा अमरसिंह रौटेलाले ४९ रनमा नटआउट रहे । मधेसका लागि रूपेशसँगै प्रदीप पासवानले समान तीन निकाल्दा रञ्जित कुमारले दुई तथा अरनिको यादवले एक विकेट लिए । अर्को खेलमा स्पिनर साहब आलमले ६ विकेट लिएपछि आर्मी क्लवले बिहीवार कोशीमाथि सानदार जित आत्मसात ग¥यो ।

    वागमती प्रदेशसँग बुधवार अप्रत्यासित हार व्यहोरेको आर्मीले बिहीवार मुलपानी क्रिकेट मैदानमा भने कोशी प्रदेशमाथि ९ विकेट रबाफिलो जित निकाल्यो । आर्मीको जितमा स्पिनर साहबले उत्कृष्ट बलिङ गर्दै कोशीको इनिङ धरासायी बनाए । कसिलो बलिङ गर्दै उनले ६.४ ओभरमा तीन मेडन राखेर १४ रन मात्र व्यहोरे । जारी प्रतियोगितामा साहबले १२ विकेट पूरा गरे । सर्वाधिक विकेटकर्ताको सूचिमा सूर्य तामाङ १७ विकेटसहित शिर्ष स्थानमा छन् । साहब नेतृत्वको आर्मीका बलरसामु कोशी २४.४ ओभरमा ८७ रनमै अलआउट भयो ।

    जबाफी लक्ष्य आर्मीले ९.५ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । आर्मीका ओपनर इमरान सेख ३२ रनमा आउट भए । ओपनरद्वय सन्तोष कार्की र इमरानले ६९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । सुजन थपलियाले इमरानलाई बोल्ड गरे । तर सन्तोष ३२ रनमा र कुशल मल्ल २२ रनमा अविजित रहँदै आर्मी सहज जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा अलआउट हुँदा कप्तान अंकित सुवेदीले मात्र दोहोरो अंकमा रन जोडे । अंकितले ३७ बलमा ४१ रन बनाए ।

    उनको इनिङमा नौ चौका रह्यो । अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् । एक समय ७०–३ को अवस्थामा रहेको कोशीले थप १८ रन जोड्दा बाँकी सात विकेट गुमाउन पुग्यो । कोशीले १९ अतिरिक्त रन पनि पाएको थियो । आर्मीको बलिङमा कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक विकेट लिँदै कोशीलाई सस्तैमा रोके ।

    सुदूरपश्चिम तेस्रो खेलमा अपराजित
    शेर मल्लको उत्कृष्ट बलिङ र किरण ठगुन्नाको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम प्रदेशले बिहीवार गण्डकी प्रदेशमाथि १०८ रनको जितसहित लगातार तेस्रो सफलता निकालेको छ ।

    तीनै खेलमा पराजित गण्डकी अंकविहीन छ । सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो । गण्डकीका ईश्वर क्षेत्रीले २५ रन र कमल परियारले २२ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका शेरले ८.२ ओभरमा एक मेडनसहित २३ रन खर्चेर पाँच विकेट लिँदै गण्डकीको इनिङ धरासायी बनाए । गजेन्द्र बोहराले दुई तथा भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान एक विकेट निकाल्दै शेरलाई साथ दिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका सुदूरपश्चिमले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै दुई सय १ रनको मध्यम योगफल बनाएको थियो । किरणले ७३ बलमा सर्वाधिक ६० रनको योगदान गरे । उनले पाँच चौका प्रहार गरे । नारायण जोशीले ४६ रन, शेर मल्लले १९, कप्तान राजु रिजालले १६ रन, टेक रावतले १५ र नरेन साउदले १३ रन जोड्दा सुदूरपश्चिमको इनिङ दुई रन पार ग¥यो । गण्डकीका कप्तान विपिन खत्रीले तीन विकेट लिए । १० ओभरमा उनले चार मेडनसहित ९ रन मात्र खर्चिए । अंकित न्यौपानेले तीन, कमल परियार र अमृत गुरुङले समान दुई विकेट लिए ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.