• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गाउँको विकासले दङ्ग छन् पश्चिम दाङका जनता


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • तुलसीपुर (दाङ) । पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रुपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ ।

    Advertisement

    विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने बबई गाउँपालिकामा सडक, ढल निकास, खानेपानी, सिँचाइलगायत पूर्वाधारका काम भइरहेका छन् ।

    विगतमा खानेपानीको समस्या भएको बबई गाउँपालिकाको जलुके, हुरुमका लागि सिँचाइ र खानेपानीको काम भइरहेको छ । प्रदेश सरकारले सिँचाइका लागि रु १० लाख र खानेपानीका लागि रु २० लाख बजेट विनियोजन गरेपछि काम अघिबढेको हो । ‘हामीलाई खानेपानीको निकै समस्या छ, धेरैपटक माग गर्‍यौँ, अहिले बजेट परेको छ’, जलुके निवासी रतिराम विकले राससलाई भन्नुभयो, ‘यो काम पूरा भएपछि हामीलाई धेरै सहज हुनेछ ।’

    ढल निर्माण भएको लामो समयसम्म पनि कालोपत्र हुन नसकेको आदर्श नगर हापुरे टोलमा अहिले कालोपत्रको काम अघि बढेको छ । प्रदेश सरकारको रु एक करोड ३० लाख बजेटमा सोही ठाउँमा सडक कालोपत्र भइरहेको छ । बबई–५ स्थित रोल्पालीतरा–जिरायत कुलो निर्माणको काम पनि जारी छ । सोही वडाको सिमगैरा–पल्लोतरा सिँचाइ योजनाका रु १० लाख विनियोजन भई काम अघि बढेको छ ।

    आनन्द नगर टोलमा ढल निर्माण भएको छ भने प्रगतिशील आधारभूत विद्यालयको भवन पनि धमाधम बनिरहेको छ । बबईको विकट क्षेत्र वडा नं १ को जिला, सिमलकुना जोड्ने बबई नदीमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ ।

    बबई गाउँपालिकाले पहिलो पटक सांसद र मन्त्री पाएको छ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा धनबहादुर मास्कीले जिम्मेवारी पाउनुभएको छ । पश्चिम क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लागेको उहाँले बताउँदै आउनुभएको छ । “पश्चिम क्षेत्र अब कर्णाली रहँदैन, विकट क्षेत्रमा पनि मेरो नजर परेको छ”, उहाँले राससलाई भन्नुभयो, ‘सबै क्षेत्रको विकासका निम्ति बजेट विनियोजन गरेको छु ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.