सन्धिखर्क । जनचेतना महिला कृषि सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकाबाङ गाविस) मा कार्यक्षेत्र रहेको उक्त सहकारीले २०८० माघ ३ गते बुधबार पिपलनेटा बजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई भूमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गोपालप्रसाद खनालले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै वडाध्यक्ष खनालले सहकारीको उन्नति र विकासका लागि सबै सेयर सदस्यले अपनत्व लिँदै जागरुक हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पत्रकार टेकराज भुसाल, भूमिकास्थान नगरपालिका २ नम्बर वडाका वडासचिव प्रकाश नेपाली, कार्यपालिका सदस्य तिर्था बेल्बासे, वडासदस्य गोपाल नेपाली, नेकपा (माओवादी केन्द्र) का भूमिकास्थान नगर कमिटी उपाध्यक्ष बाबुराम खनाल, नेपाली काङ्ग्रेस प्रतिनिधि नुमानन्द खनाल, कृषि प्राविधिक हुमाकान्त बन्जाडे, सहकारीका पूर्व अध्यक्ष सिर्जना थापा, ढाकाबाङ प्रहरी चौकी प्रमुख लक्ष्मण उपाध्ययले मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष खुमा भुसालले प्रगति प्रतिवेदन, व्यवस्थापक बसन्ता खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रम मनिसा केसीको सञ्चालन र देवा बन्जाडेको स्वागतसँगै सम्पन्न भएको थियो ।
सहकारीले नियमित बचत, बालबचत, रेमिट्यान्स र सहकारी पसल सञ्चालन गरेको छ ।
