प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका–३ का उपाध्यक्ष रेकमबहादुर महताराकी श्रीमती कमला महताराको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
राष्ट्रिय जनमोर्चा झिमरुक–३ वडा समितिको आयोजनामा ढाकाडीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा राजमो नेता, कार्यकर्ता तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष एवम् ३ न. वडाअध्यक्ष मीनबहादुर खत्री, अखिल (छैठौं)का महासचिव सुवाश जि.सि., राजमो जिल्ला सदस्य केसरजंग एम.सि., राजमो झिमरुकका सचिव खिमबहादुर विक, नेकपा माओवादी केन्द्रका नेता खड्गबहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।

नेताहरुले रेकमबहादुर महताराको सामाजिक योगदानमा दिवंगत कमला महताराको महत्त्वपूर्ण योगदान रहेको कुरा स्मरण गरेका थिए ।
६३ वर्षीय महताराको गत पुस १७ गतेका दिन आफ्नै निवासमा निधन भएको थियो ।
उहाँ लामो समयदेखि दम रोगले ग्रसित हुनुहुन्थ्यो । उहाँका एक छोरा गौतम र २ छोरी हुनुहुन्छ ।