• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सहिद टोपबहादुर कार्कीको एक्काइसौँ स्मृतिदिवसमा कार्यक्रम


  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • नेपालगञ्ज । सहिद टोपबहादुर कार्कीको एक्काइसौँ स्मृतिदिवसमा उहाँको निवासमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    सहिदपत्नी पार्वती कार्कीको प्रमुख आतिथ्यमा २०८० पुस २९ गते शनिबार उहाँकै निवासस्थान कोहलपुर–१२ चप्परगौडीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि कार्कीले सहिद टोपबहादुर कार्कीले समाजमा आमूल परिवर्तनका लागि देख्नुभएको सपना पूरा गर्न नेकपा ९मसाल० निरन्तर सक्रिय रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

    वर्तमान व्यवस्था शोषण, दमनयुक्त भएकाले सहिद कार्की हिँडेको बाटोमा अझै पनि सम्पूर्ण परिवर्तनकारी शक्तिहरू अगाडि बढिरहनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि अखिल नेपाल किसान महासङ्घ ९अप्फा० का महासचिव तुलसिराम सापकोटाले नेकपा ९मसाल० ले सहिद कार्कीको बाटोलाई निरन्तर अगाडि बढाइरहेको दाबी गर्नुभयो ।

    उहाँले सहिदका सपना पूरा गर्न सबैले सबै ठाउबाट पहल गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रमको प्रारम्भका सहिद कार्कीको तस्बिरमा माल्र्यापण गरिएको थियो ।

    त्यसपछि कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समितिका सदस्य भीमप्रसाद देवकोटा, अखिल नेपाल महिला सङ्घ बाँकेकी जिल्ला सदस्य तथा सहिदपत्नी सीता अधिकारी र राजमो बर्दियाका सचिव लोकबहादुर रानाले मन्तव्य राख्नुभएको थियो ।

    राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालको अध्यक्षता तथा जिल्ला सल्लाहकार जोगप्रसाद भण्डारीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई अप्फा बाँकेका संयोजक तिलकराज पौडेलले स्वागत गर्नुभएको थियो ।

    सहिद कार्कीको २०५९ पुस ३० गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो । त्यति बेला सेनाले उहाँका बुबा भोजबहादुरको पनि गोली हानी निर्मम हत्या गरेको थियो । बर्दियाको राजापुरस्थित मानपुर टपरामा घरबाट दुबै बाबुछोरालाई अपहरण शैलीमा लतार्दै निकालेर सेनाले नजिकैको तोरीबारीमा पुर्‍याएर गोली हानेर उहाँहरूको हत्या गरेको थियो ।

    नेपाली सेनामा कार्यरत उहाँका छिमेकी हरिराम चौधरीले जग्गाको सीमाविवादका कारण माओवादीको आरोप लगाएर कार्कीको हत्या गराएका थिए । कार्कीको हत्यापछि राष्ट्रिय जनमोर्चाले देशव्यापी विरोध गरेको थियो ।

    त्यस क्रममा सेनाले घटनाको छानबिन गरी गोली हान्न आदेश दिने कमान्डरसहित घटनामा संलग्नलाई आन्तरिक कारबाही गरेको थियो । शाहीकालमा सेनाले गोली चलाएको घटनामा आफ्ना कमान्डर विरुद्ध कोर्टमार्सल गरेको त्यो पहिलो घटना थियो ।

    राजमोले त्यति बेलै कार्कीलाई सहिद घोषणा गरेको थियो । सहादत प्राप्त गर्ने बेलामा सहिद कार्की तत्कालीन जनमोर्चा नेपाल बर्दियाको सदस्य, अखिल नेपाल जनवादी युवा सङ्घ बर्दियाका सचिव र भेरीकर्णाली क्षेत्रीय समितिको सदस्य जस्ता जिम्मेवारीमा सक्रिय हुनुहुन्थ्यो ।

    सहिद कार्कीको परिवार निरन्तर राजमोमा संलग्न रही राजनीतिप्रति क्रियाशील छ ।

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.