• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

पर्यावरणीय सङ्कट


  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    तिमी को नै हौ र महासय ?
    मेरो खुसी खोस्ने, मुस्कान लुट्ने
    अनि मेरो भविष्यमाथि बलात आक्रमण गर्न खोज्ने
    यत्रो भीमकाय र असङ्ख्य ब्रह्माण्डमा
    को, के छ ?
    कस्तो छ ब्रह्माण्ड ?
    रहस्यकै गर्भमा रहेका बेला
    मेरो त्यो पत्ता लगाउने हुटहुटीलाई
    समाप्त पार्न खोज्ने
    तिमी को नै हौ र महासय ?
    मेरो पर्यावरण नै समाप्त पार्न खोज्ने

    मेरो प्राण, मेरो जीवन, मेरो सबथोक
    मेरो प्यारो मातृभूमि, मेरो धर्ती
    तिम्रा बिनाअर्थका होडले ध्वस्त बनाउँदै छौ
    मेरो भविष्य बर्बाद गर्ने तिम्रा यी कुकृत्यले
    म बेचैन छु
    भविष्यको नतिजा कल्पिँदै
    बालबालिकालाई पढ्न देऊ
    शान्तिपूर्वक स्कुल जान देऊ
    उनीहरू चिन्तित छन् आफ्नो भविष्यलाई लिएर
    उनीहरूलाई आन्दोलित होइन
    शान्तिपूर्वक पढ्ने वातावरण देऊ
    तिम्रा यी कुकृत्य अपाच्य छन्
    हाम्रो भविष्य किन यति धेरै डरलाग्दो बनाउँदै छौ ?
    तिमी हाम्रो प्यारो धर्तीलाई
    समाप्त पार्न खोज्दै छौ
    तिमी वार्षिक अर्बौंअर्ब टन कार्बन उत्सर्जन गरेर
    मेरो पर्यावरण नै समाप्त पार्न खोज्दै छौ

    म हिमालको काखबाट बोल्दै छु
    हाम्रा कपूर जस्ता सेता हिमाल
    तिमीले अँगार जस्ता काला बनाइसक्यौ
    हिमाल मात्र काला भेटिन्नन्
    थुप्रै हिमाली र समुद्री प्रजाति नष्ट पारिसक्यौ
    बर्सेनि हजारौँहजार अमूल्य जीवन गुमाउँदै छौँ हामी
    बेमौसमी आँधीहुरी चल्दै छ
    अनि बिपत्को जोखिम बढ्दै छ
    कारण तिमी हौ महासय

    तिम्रा आणविक भट्टीहरु बन्द गर
    विकासको नाममा सृजित कार्बन उत्सर्जन गर्ने
    भट्टी तत्काल बन्द गर
    तिमी बर्सेनि जी–२० अनि कोप सम्मेलन त गर्छौ
    २०५० सम्म कार्बन उत्सर्जन हटाउने कुरा पनि गर्छौ
    तर महासय
    बिनाअर्थका ती सम्मेलनले
    कार्बन उत्सर्जन हटाउने निर्णय किन गर्दैनौ
    तिमी को हौ र महासय ?
    मेरो पर्यावरण समाप्त पार्न खोज्ने

    अब मेरो सुन्दर भविष्य ध्वस्त पार्दै छौ
    पारिस्थितिक प्रणाली ध्वस्त बनायौ
    तिमीले उत्सर्जन गरेको कार्बनले
    ओजोन तह ध्वस्त बनाउँदै छ
    तिम्रा कारणले धर्ती तातो बन्दै छ
    तिमीले तिम्रा भव्य सम्मेलनमा
    सुनका थालमा चौरासी व्यञ्जन खाए झैँ
    क्षणिक बनाउन नखोज महासय
    यो धर्तीको आयु
    अनन्तकालसम्म छ पृथ्वीको आयु
    बाँच्न देऊ धर्तीमातालाई
    जहाँ सुन्दर भविष्य चुमुन्
    असङ्ख्य जीवित प्राणी र वनस्पतिले

    सिङ्गो ब्रह्माण्ड, विशाल धर्ती, करौडौँ प्रजाति
    अरबौं मानिस एकातिर
    तिमी आठदस जना शासक र नेता अर्कातिर
    यस्तै नराम्रो मात्रै गर्छौ भने
    कोही अनि केही होइनौँ महासय

    समयमै कार्बन, नाइट्रोजनलगायतका
    हानिकारक ग्याँस उत्सर्जन बन्द गर
    मानवीय कृयाकलापबाट सिर्जित
    जलवायु परिवर्तनको सङ्कट अन्त गर
    सिङ्गो प्राणी, वनस्पति र प्यारो धर्तीको भविष्य
    सुनिश्चित गर
    नराम्रो मात्रै गर्ने हो भने
    तिमी को हौ र महासय ?
    मेरो पर्यावरण समाप्त पार्न खोज्ने ?

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा २०८० पुस २७ गते शुक्रबार आयोजित साहित्यिक पदयात्रा–४ मा नुवाकोटको सूर्यचौर वाचन गरिएको कविता)

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.