• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङको दोगाडीघाटमा पुल बनेपछि विकट गाउँ पालिकाको केन्द्रसँग जोडियो


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–६ को दोगाडीघाटमा मोटर गुड्ने पुल निर्माण भएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको छ । पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्न वञ्चित रहेका गाडीखोला क्षेत्रका नागरिकलाई पुल बनेपछि सहज भएको हो ।

    Advertisement

    गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रकमबाट पुल निर्माण भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार १६ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पूर्वधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । विसं २०७९ असार १० गते पहिलो पटक निर्धारित म्याद सकिएको थियो ।

    म्याद थप भएकामा पनि काम नसकेपछि पुन: म्याद थप भएको थियो । निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थपे पनि गत मङ्सिरमा मात्रै निर्माण सम्पन्न भएको इञ्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिरमा पुल सम्पन्न भएपछि यही पुस पहिलो सातादेखि सञ्चालनमा आएको छ । पुल रू चार करोड ८२ लाखमा निर्माण भएको थियो ।

    पुल सञ्चालनमा आएपछि ढोरपाटन–६ को ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायत ढोरपाटन क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न सहज भएको वडाध्यक्ष उमेश बुढा मगर बताउनुभयो । सडक खुलेको वर्षौँ वितिसक्दा पनि स्थानीयवासीले सहज रुपमा यात्रा गर्न नपाएको भन्दै अब पहिलेको जस्तो समस्या भोग्न नपर्ने उहाँको भनाइ थियो ।

    सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्‍याउन निकै समस्या भोगेको वडाध्यक्ष मगरले स्मरण गर्नुभयो । यो पुल नबन्दा यस क्षेत्रका नागरिकलाई आवागमनमा सास्ती हुने गरेको थियो । पालिकाको केन्द्रसम्म पुग्न निकै गाह्रो हुन्थ्यो । हिउँदमा जसोतसो खोला तरे पनि बर्खामा बाढीको समस्या थियो, उहाँले भन्नुभयो, अहिले पुल बनेसँगै गाउँगाउँमा मोटरबाटो पुगेको छ । यात्रा गर्न र सामान ढुवानीमा सहज हुन थालेको छ ।

    वर्षौँदेखि भारी भोक्ने जनता अब गाडीमा चढेर गाउँ–बजार गर्छन् ।

    बजार बुर्तिबाङ पालिकाको केन्द्र हो । बजारदेखि गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुई वटा पुल तर्नु पथ्र्यो । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । यसअघि दोगाडीसम्म गाडीमा पुगेपछि अर्को फेर्नुपर्ने समस्या थियो ।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.