पोखरा । अखिल नेपाल किसान महासङ्घ (अप्फा) को गण्डकी प्रदेश समिति गठन भएको छ ।
अप्फाका अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०८० पुस २० गते शुक्रबार पोखरामा आयोजित एक भेलामाझ उक्त समितिको गठन भएको हो ।
भेलामा महासचिव तुलसी सापकोटा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शङ्कर बराल, राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष धर्म कुँवर, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दीप गोलेको आतिथ्यता रहेको थियो ।
त्यसैगरी भेलामा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव ढाकाराम पौडेल, राजमो नेताहरू चन्द्रबहादुर जिसी, विष्णु पुरी, लक्ष्मी कुँवर, लोकनाथ शर्मा, राजेन्द्र सुवेदी, ढुण्डीराज शर्मा, गोविन्दप्रसाद पौडेल, दिलबहादुर पुन, ठाकुरप्रसाद शर्मा, प्रेम विक, डीआर विरोधीको पनि आतिथ्य रहेको थियो ।
भेलाले चन्द्रबहादुर जिसी अध्यक्ष रहनुभएको अप्फाको गण्डकी प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र गैरे, सचिवमा गोविन्दप्रसाद पौडेल, सहसचिव भगिरथ भट्टराई र कोषाध्यक्षमा गङ्गाबहादुर थापा रहनुभएको छ ।
त्यस्तै, समितिको सदस्यहरूमा राजेन्द्र सुवेदी, डिलबहादुर पुन र ठाकुर शर्मा रहनुभएको छ भने सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
