दार्चुला । सिमानाका बन्द भएपछि भारतीय भूमिमा अलपत्र परेका दुई जना नेपाली महाकाली नदीमा पौडिएर नेपाल आएका छन् । महाकाली तर्नासाथ उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर हाकाली नगरपालिकाको क्वारेन्टिनमा राखेको छ ।
Advertisement
सोमबार दिउँसो उनीहरु नदीबाट पौडिएर नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यसरी प्रवेश गर्नेमा इन्द्रराज खत्री र अर्का एक जना रहेका छन्। दुवै जना फरक–फरक समयमा पौडिएर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ।
सिमानामा चार सयजति नेपाली अलपत्र परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल प्रवेश गर्न दिने विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल चलिरहेको छ ।