नेपालगञ्ज । बाँकेमा अखिल नेपाल युवक सङ्घको भेला सम्पन्न भएर बाँके जिल्ला समिति पुनर्गठन भएको छ ।
अध्यक्ष कृष्णराज पाण्डेको प्रमुख आतिथ्यमा २०८० पुस २१ गते शनिबार कोहलपुरमा आयोजित भेलामाझ समिति पुनर्गठन गरिएको हो ।
भेलालाई प्रमुख अतिथि पाण्डेले सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सदस्य भीमप्रसाद देवकोटा, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाललगायतले भेलालाई शुभकामना दिनुभएको थियो ।
मुना रानाको अध्यक्षता तथा भरत खड्काको सञ्चालनमा सो भेला सम्पन्न भएको थियो ।
अध्यक्षमा खड्का
भेलाले भरतबहादुर खड्कालाई अध्यक्षमा चयन गर्दै नौ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भद्रबहादुर घर्ती, सचिवमा सावित्रा कार्की, सहसचिव दीपक विक र कोषाध्यक्ष मुना राना रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा राजु राणा, राजु चौधरी, गोपाल रिजाल र खगेन्द्रबहादुर खत्री रहनुभएको छ ।