भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवम् भाषाविद् इमानसिंह चेम्जोङको सालिक अनावरण गरिएको छ ।
Advertisement
चेम्जोङको एक सय एक्काइसौँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले २०८० पुस १७ गते मङ्गलबार उक्त सालिक अनावरण गर्नुभएको हो ।
रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माणस्थलसहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिनुभयो ।
यसका लागि दाताबाट रु २१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र रु छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताउनुभयो ।
हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवम् विस्तारमा इमानसिंहको योगदान रहेको छ । तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उहाँलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ ।