काठमाडौँ । कतार नेपाली एकता समाजले इपिएस घटनाप्रति दु:ख प्रकट गरेको छ ।
Advertisement
अध्यक्ष रामप्रसाद पराजुलीको हस्ताक्षरमा डिसेम्बर ३०, २०२३ का दिन प्रेसवक्तव्य जारी गर्दै समाजले दु:ख प्रकट गरेको हो ।
वक्तव्यमा समाजले स्वदेशमै रोजगारीको अवसर नहुँदा बैदेसिक रोजगारीमा कोरिया जान खोज्दा दुई युवाहरूले ज्यान गुमाउनुलाई अत्यन्तै पीडादायी घटना बताएको छ ।
२०८० पुस १३ गतेको उक्त घटनाको सन्दर्भमा एकता समाजले मृतकलाई क्षतिपूर्ति, घाइतेको नि:शुल्क उपचार तथा घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने विषयम ध्यान दिन सरकारसित माग गरेको छ ।
त्यस्तै, वक्तव्यमा समाजले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।
