काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइते इपिएस विद्यार्थीको अवस्था गम्भीर छ ।
Advertisement
२०८० पुस १३ गते शुक्रबार दिउसो प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको हो ।
ती प्रदर्शनकारीको आइसियुमा उपचार भइरहेको पाटन अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यसअघि, किस्ट अस्पतालमा उपचाररत २१ वर्षीय प्रदर्शनकारी युवकको मृत्यु भइसकेको छ ।
रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत् कोरियामा काम गर्न जान खोज्ने युवाहरूको समूहले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले अश्रुग्याँस तथा गोली चलाएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो ।
प्रदर्शनस्थल बालकुमारीबाट प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।