काठमाडौं । पोखरा थन्डर्स एफसीलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ ।
Advertisement
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको दोस्रो क्वालिफायरमा १० खेलाडीमा सिमित ललितपुरले पोखरा थन्डर्स एफसीलाई २–१ ले पराजित गर्दै उपाधिका लागि धनगढीसँगको भेट पक्का गरेको हो ।
फाइनल खेल शनिबार हुनेछ।
अतिरिक्त समयमा कुशल देउवाको निर्णायक गोल नै ललितपुरका लागि फाइनल प्रवेश बन्यो ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।