• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘ब्लडमनी’ तिरेर फर्किएका सुवास भन्नुहुन्छ–अब विदेश जान्न


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • झापा । ‘ब्लडमनी’ तिरेर घर फर्किन सफल कनकाई–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरू बिर्सन चाहनुहुन्छ ।

    Advertisement

    किनकि, उहाँ अब स्वदेशमै रोजगारीको लयमा फर्किनुभएको छ ।

    “अब विदेश जान्न”, हालै स्वदेश फर्किनुभएको उहाँ भन्नुहुन्छ, “गाउँकै पानी उद्योगमा सानो काम गर्न थालेको छु । भविष्य के–कस्तो होला भन्न सकिन्न, तर अब स्वदेशमै गरिखाने हो ।” पाँच वर्षअघि कतार जानुभएको उहाँलाई केही वर्षमै साथी हत्याको झुठो आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनायो । ब्लडमनीबापत् रु ९० लाख तिर्नुपर्ने भनी अदालतले दिएको विकल्प पनि असम्भव जस्तै थियो ।

    मृत्युको मुखमा पुगिसकेका राउतलाई गाउँलेहरुले बचाएर एक महिना अघि स्वदेश ल्याएका छन् । गाउँलेले चन्दा उठाएर ब्लडमनी तिरेपछि मृतकका परिवारले उहाँलाई माफी दिएका थिए भने त्यसकै आधारमा अदालतले उहाँलाई स्वदेश फर्किन अनुमति दिएको थियो ।

    स्वदेश फर्केपछि उहाँ गाउँकै कनकाइ ‘वेभरेज’ नामक पानी उद्योगमा काम गर्न थाल्नुभएको छ । उहाँकी पत्नी कुमारी राउत घर निर्माणको काममा मजदुरी गर्दै आउनु भएको छ । राउत दम्पतीका एक छोरी र एक छोरा छन् । बाह्र वर्षीया छोरी र आठ वर्षीय छोरा स्थानीय विद्यालयमा क्रमश: सात र एक कक्षामा पढ्दैछन् ।

    आर्थिक अवस्था दयनीय
    राउत परिवारको आर्थिक अवस्था दयनीय छ । खेती किसानी गर्ने जग्गा जमिन केही नभएका कारण छोराछोरी पढाउने र घरको गर्जो टार्ने उद्देश्यका साथ सन् २०१७ मा उहाँ कतार जानुभएको थियो । कतारमा उहाँले पानी र फर्निचर उद्योगमा श्रमिकको काम गर्नुभयो ।

    विदेशको आर्जन घर पठाउन थालेको केही अवधिमै उहाँ जेल पर्नुभयो । त्यसपछि उहाँमा बाँचेर घर फर्किन पाइएला भन्ने आश नै मरिसकेको थियो । उहाँकी पत्नी कुमारी राउतले ज्याला मजदुरी गरेर छोराछोरीको पालनपोषण र पढाइको जोहो गर्नुभयो । गाउँलेले सहयोग नजुटाएको भए परिवारले ब्लडमनी बुझाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

    बस्नका लागि कनकाई–४ को एक कठ्ठा ऐलानी जग्गामा सानो भुइँघर छ । त्यसको धनीपुर्जा कहिले पाइने हो टुङ्गो छैन । “वडा कार्यालयमा जग्गाको धनीपुर्जा पाउँ भनेर निवेदन दिएका छौँ”, कुमारी राउतले भन्नुभयो ।

    उहाँले पति कतारको जेलमा परेपछि घर चलाउन रु चार लाख जति ऋणमा परेको बताउनुभयो । सुवास कतारको जेलमा परेको खबर सुनेर आमा दुर्गामाया राउतको मृत्यु भएको थियो । आमाको काजकिरिया उहाँले स्वदेश फर्केर आएपछि गर्नुभयो ।

    रोजगारी दिने कनकाई बेभरेजका सञ्चालक किरण दवाडीले ब्लडमनी तिरेर आएलगत्तै आफूले रोजगारी दिएको बताउनुभयो ।

    “विदेश जानुभन्दा अगाडि पनि हाम्रो उद्योगमा काम गर्नुभएको थियो”, दवाडीले भन्नुभयो, “साह्रै सोझो र इमान्दार हुनुहुन्छ । त्यस्तो मान्छेलाई अदालतले मृत्युदण्डको फैसला सुनाउँदा हामीलाई पत्यार लागेको थिएन । उहाँ निर्दोष हो भनेरै सबै गाउँलेहरु ब्लडमनी रकम सङ्कलन अभियानमा जुटेका थियौँ ।”

    यसरी सम्भव भयो पुनर्जीवन
    कतारस्थित आफ्नो डेरामा २०७६ सालको चैततिर साथीहरुको जमघटमा झगडा हुँदा खोटाङ जिल्लाको ऐँसेलुखर्क–५ का लामाकाजी राईको दु:खद् निधन भएको थियो । राई र राउत एउटै कोठामा बस्ने अत्यन्त मिल्ने साथी थिए ।

    नुहाएर कोठामा आउँदा राईको शरीरमा छुरी गाडिएको अवस्था थियो भने अरु साथीहरु भागिसकेका थिए । साथी बचाउन खोज्दा लागेको फिङ्गर प्रिन्टका आधारमा अदालतले राउतलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

    कहिल्यै मदिरा नखाने र झैझगडा नगर्ने स्वाभावका राउतलाई यस्तो अभियोग लागेको विषयमा गाउँलेलाई पत्यार लागेको थिएन ।

    कतारमा सम्पर्क गर्दा राउतले आफू निर्दोष रहेको बताएपछि कनकाई–४ का तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा बचाउने अभियान सुरु गरिएको थियो ।

    सोही अभियानले खोटाङ गएर मृतकको परिवारसँग सम्पर्क गरेको कनकाई–४ का वर्तमान वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो ।

    ‘अभियानका साथीहरुले मृतकका परिवारलाई भेटेर ब्लडमनीबापतको रकम रु १५ लाख बुझाउने सहमति गर्नुभयो’, वडाध्यक्ष सुवेदीले भन्नुभयो, ‘राउत निर्दोष थिए भन्ने कुरा राई परिवारलाई पनि महसुस भएको रहेछ । एउटा साथीको मृत्यु भयो, अर्को साथीलाई पनि किन जेलमा सडाउने भन्ने कोणबाट छलफल हुँदा राई परिवारसँग सहमति भएको हो ।’

    ब्लडमनी जुटाउन ‘राउत बचाउ अभियान’ले स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरेको थियो । अभियानबाट रु २० लाख २४ हजार छ सय ५० सङ्कलन भएको र ब्लडमनी बुझाएर बचत रहेको रु दुई लाख ५० हजार स्थानीय कनकाई बालविकास केन्द्रलाई सहयोगबापत हस्तान्तरण गरिएको अभियानका सचिव किरण दवाडीले बताउनुभयो ।

    सुवासलाई मृत्युदण्डबाट बचाएर स्वदेश फर्काउन कनकाई नगरपालिका, स्थानीयवासी, एनआरएन, कतार दूताबास लगायतबाट सहयोग प्राप्त भएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल बताउनुहुन्छ । “उहाँ निर्दोष हुनुहुन्थ्यो, त्यसैले ब्लडमनी जुटाएर फर्काउन केही सहज भयो”, नगरप्रमुख पोखरेल भन्नुहुन्छ, “नत्र ब्लडमनी जुटाउन नसकेर विदेशको जेलमा अहिले पनि कष्टपूर्ण जीवन बिताइरहनुभएका थुप्रै नेपाली हुनुहुन्छ ।”

    तीन वर्ष तीन दिन कतारको जेलमा बसेर घर फर्किनुभएका सुवास राउतको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उहाँ पानी उद्योगको नियमित कामकाजमा लागिरहनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताउनुभयो ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.