• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हात्ती लघार्न दलबल जङ्गलमा


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • महोत्तरी । चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन् ।

    Advertisement

    रातभरि बस्ती पसेर दिनभरि जङ्गल पस्ने हात्ती धपाउन अहिले केही दिनयता वनक्षेत्रमा खोज अभियान थालिएको हो । अभियान जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीसहितका जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित अधिकारी, वनसम्बद्ध अधिकारी तथा सुरक्षाकर्मीले सुरु गर्नुभएको हो ।

    रातभरि बस्तीतिर पसेर बालीनाली नोक्सान गर्ने, काठे घरगोठ सिङ्गौरी खेलेर भत्काउने हात्ती उज्यालो हुन दुई घण्टाजति पहिले सघन वनका कन्द्रामा लुक्न जाने गरेको पाइएको छ । चुरे पहाडसँग जोडिएको जिल्लाको एकमात्र स्थानीय तह बर्दिबास नगरपालिकाका वनसँग जोडिएका बस्तीमा हात्तीको आतङ्क बढेपछि धपाउन खोज अभियान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले बताउनुभयो ।

    “जङ्गली हात्तीले लगातार उपद्रो मच्चाएको गुनासो बस्तीबस्तीबाट बढेपछि धपाउन खोजी थालिएको हो”, प्रनाउ यादव भन्नुहुन्छ ।

    यसपालि गएको दसैँयता बर्दिबास नगरक्षेत्रका विभिन्न बस्तीमा हात्तीको आतङ्क बढेको हो । बर्दिबास–१, २, ३, ४, ५, ८, १० र ११ मा यसपालि हात्तीले नोक्सान गरेको छ । यी वडाका बस्ती वनक्षेत्रसँग जोडिएका बस्ती हुन् ।

    हात्ती दिउँसोभरि मानव चहलपहल कम हुने सघन झाडीमा लुक्ने र धेरैजसो मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । जङ्गली हात्तीले बर्दिबास–१, २ र ८ मा बालीनाली नोक्सान गर्ने गरेको छ । बर्दिबास–३, ४, ५, १० र ११ सहितका चुरे फेदका बस्तीमा भने काठेघर र गोठ लडाउने, घरआँगनका भकारी भत्काउनेसम्मका आतङ्क स्थानीयले भोग्दै आएका छन् ।

    बर्सेनिजसो हिउँद लाग्न थालेपछि हात्ती बस्ती पस्दै आएका छन् । विगत वर्षहरुमा तीन–चारको सङ्ख्या देखिएका भए पनि यसपालि भने एक जोडा देखिएका बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामाले बताउनुभयो । यसपालि बस्ती पस्न पल्केका जोडा हात्तीले दसैँयता बर्दिबास–२ र ८ मा करिब २० बिघा क्षेत्रफलका धान, उखु र तरकारीसहितका बाली नोक्सान गरेका लामाको भनाइ छ ।

    हात्तीको आतङ्क बढेपछि यसलाई नियन्त्रण गर्न खोज गरी धपाउने उद्देश्यले अभियान थालिएको बर्दिबास नगरप्रमुख क्षत्री बताउनुहुन्छ । नगरक्षेत्रका वनसँग जोडिएका बस्तीमा सर्वसाधारण हात्तीको त्रासले राम्ररी सुत्न नपाएका बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाको गुनासो छ ।

    करिब एक दशकयता हात्ती, नीलगाई र बँदेल बस्ती पस्ने क्रम बढेको हो । हात्ती वनसँग जोडिएका बस्तीबाट तल नझरे पनि नीलगाई र बँदेलको आतङ्क भने भारतीय सीमाक्षेत्रका बस्तीसम्मै बढेको छ ।

    “वनक्षेत्रमा बाक्लो मान्छेको चहलपहल, पातलिँदो वन तथा पानी एवं चरीचरनको बढ्दो अभावले यी तल झर्दैछन्”, डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झा भन्नुहुन्छ, “पछिल्ला वर्षहरुमा वनक्षेत्र चिर्दै बनाइएका विकास संरचना (विद्युत् लाइन विस्तार, रेल्वे ट्र्याक, सडक आदि) वन्यजन्तु मैत्री भएनन्, यसले वन्यजन्तुको नियमित आहारव्यवहार खलबलिएर यी बस्ती पस्ने क्रम बढेको हो ।”

     

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.