काठमाडौं । सरकारले क्रिसमस डे र उधौली पर्वमा सार्वजनिक बिदा दिएको छ । आज (सोमबार) क्रिसमस डे र भोलि उधौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।
Advertisement
गृह मन्त्रालयले सूचना प्रकाशित गरी आज इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेका लागि सार्वजनिक बिदा दिएको जनाएको छ।
भोलि मंगलबार किराँत समुदायले मनाउने उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा)का अवसरमा पनि सरकारले सार्वजनिक बिदा दिएको छ।